Monday, May 20Nepal News Portal
Shadow

Author: Udhyog news

नेपालमा थपिए १४७७ कोरोना संक्रमित, २७९८ जना कोरोनामुक्त

नेपालमा थपिए १४७७ कोरोना संक्रमित, २७९८ जना कोरोनामुक्त

निर्माण, ब्यानर
काठमाडौं, ३० कात्तिक (ससं) । पछिल्लो २४ घण्टमा नेपालमा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार १२५ छ । आज थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ जना रहेका छन् ।...
पटका पड्काउँदा आगलागी

पटका पड्काउँदा आगलागी

ऊर्जा, प्रमुख समाचार
काठमाडौं, ३० कात्तिक (ससं) । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ। स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । तिहारमा पड्काइएको पटकाबाट आगलागी शुरु भएको थियो। स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । यस्तै आज बिहान विद्युत् चुहिएर आगो लाग्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६ मेवाखोलामा धनराज लिम्बूको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा तीन लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको प्रह...
संघीय सरकारी खर्च १३ प्रतिशतले बढ्यो, पूँजीगत खर्च भने १८ प्रतिशत खट्यो

संघीय सरकारी खर्च १३ प्रतिशतले बढ्यो, पूँजीगत खर्च भने १८ प्रतिशत खट्यो

आर्थिक गतिविधि, प्रमुख समाचार, ब्यानर
काठमाडौं, ३० कात्तिक (ससं) । चालु आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा संघीय सरकारी खर्च १३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा २ खर्ब १ अर्ब ८ करोड रुपैयाँ संघीय सरकारी खर्च भएको हो । गत वर्षको सोही अवधिमा संघीय सरकारी खर्चतर्फ १ खर्ब ७८ करोड रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । कुल खर्चमध्ये चालु खर्च १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भएको छ भने पूँजीगत खर्च १५ अर्ब ५ करोड रुपैयाँ भएको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । तर, संघीय पूँजीगत खर्च भने १८.१ प्रतिशतले घटेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण विकास निर्माणका कार्यहरु निरन्तर सञ्चालन हुन नसक्दा पूँजीगत खर्चमा सुधार हुन नसकेको मन्त्रालयले आकलन छ । समीक्षा अवधिमा चालु खर्च १६.५ प्रतिशत वृद्धि भएको छ । वित्तीय व्यवस्था...
किबी खेतीबाट मालामाल

किबी खेतीबाट मालामाल

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं, २८ कार्तिक (ससं) । स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो । तर पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने मनग्गे आमदानी गर्न सकेका थिए । वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम किबी बिक्रि गरेर पैसा लिन थालेपछि निकै खुशी भएका छन् । पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब रु पाँच लाख खर्चेर ८० बिरुवा भालेपोथी लगाएका छन् । बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ । “अहिले झण्डै पाँच क्विन्टल फले...
गोरू काटेको आरोपमा दुई व्यक्ति पक्राउ

गोरू काटेको आरोपमा दुई व्यक्ति पक्राउ

निर्माण, ब्यानर
काठमाडौं, २८ कार्तिक (ससं)। गुल्मीको मुसिकोट नगरपालिका ८ अर्छुङका दुई जनालाई गोरू काटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। ४५ वर्षीय रामबहादुर नेपाली र २४ वर्षीय कृष्ण नेपालीलाई गोरू काटेको आरोपमा बिहीबार बेलुका प्रहरीले प्रक्राउ गरेको छ।
पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

निर्माण, फोटोफिचर
काठमाडौं, २७ कार्तिक (ससं) ।बिहिवार थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको छ भने २३४९ जना संक्रमणमुक्त भएकाका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् । उनीहरुमध्ये २९ हजार ३८४ होम आइसोलेसनमा छन् भने ३७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार उपत्यकामा मात्र ९७३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ७६४ जना, ललितपुरका १२६ र भक्तपुरका ८३ जना छन् ।...
कुटो प्रहार गरी श्रीमतीको हत्या,

कुटो प्रहार गरी श्रीमतीको हत्या,

ऊर्जा, प्रमुख समाचार
काठमाडौं, २७ कार्तिक (ससं) । बाँकेमा हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर–८ बर्गदीका ५२ वर्षीय चक्रबहादुर लोहार रहेका छन्। आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्। उनले बुधबार दिउँसोे घरायसी विवादका कारण फलामको कुटोले रतीको टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। श्रीमतीको हत्या आरोपमा चक्रबहादुरलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।...
आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीको अनुरोध

आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीको अनुरोध

प्रमुख समाचार
काठमाडौं, कार्तिक २७ (ससं) ।आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको थियो । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लङ्घन गर्ने ३८६ सवारी साधनलाई आज बिहान नियन्त्रणमा लिएको छ। जोरबिजोरको उल्लङ्घन गर्ने ३८६ ओटा सवारी साधनलाई आज उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा २८८ ओटा दुई पाङग्रे र ९८ ओटा चार पाङ्ग्रे सवारी साधन रहेका छन् ।...
कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह

कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह

ऊर्जा, प्रमुख समाचार
काठमाडौं, २७ कार्तिक (ससं) । उपत्यका मेयर फोरमले तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो सङ्क्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका निष्कर्ष छ । उपत्यकामा बढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको छलफलमा सहभागी एक मेयरले जानकारी दिए । उपत्यकामा बढिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएकाले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताइएको छ । सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको हो । महामारी नियन्त्रण...
पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि

प्रमुख समाचार, फोटोफिचर
काठमाडौं,२६ कार्तिक (ससं) । पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको छ भने १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् भने ३८२ जनाको आईसीयू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२६१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ९७६ जना, ललितपुरका २०४ र भक्तपुरका ८१ जना रहेका छन् ।...