Friday, May 10Nepal News Portal
Shadow

Author: Udhyog news

कोरोना भाइरसका कारण विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो

कोरोना भाइरसका कारण विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो

निर्माण, विश्व
काठमाडौं, २ कार्तिक (ससं) । विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड-19) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका स्वास्थ्य समितिका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्ये ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपाली मध्ये लगभग ९१ प्रतिशत भएको गैरआवासीय नेपाली संघले जनाएको छ । यस्तै नेपालमा ...

उदयपुरमा स्कारपियो दुर्घटनामा पाँचको मृत्यु

निर्माण, प्रमुख समाचार
काठमाडौं, २ कार्तिक (ससं) । उदयपुरमा गए राति स्कारपियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। गए राति १ बजे कटारी नगरपालिका वडा नम्बर १४ स्थित सिद्धिचरण राजमार्गबाट करिब ९ सय मिटर तल खस्दा स्कारियोमा सवार रहेका पाँच जनाको मृत्यु भएको हो। बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्। उनीहरू भारतबाट ओखलढुंगा आउँदै थिए । दुर्घटनास्थलमा प्रहरी पुगेको र घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको उदयपुर प्रहरीले जानकारी दिएको छ ।...
रुपन्देहीमा कोरोना भाइरस बाट थप एकको मृत्यु

रुपन्देहीमा कोरोना भाइरस बाट थप एकको मृत्यु

निर्माण, प्रमुख समाचार
काठमाडौं, १ कार्तिक(ससं) । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका८ का ४९ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारिले बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोेना संक्रमितबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।...
कोरोना भाइरसका कारण इलामकी ८ वर्षीय बालिकाको मृत्यु

कोरोना भाइरसका कारण इलामकी ८ वर्षीय बालिकाको मृत्यु

प्रमुख समाचार, ब्यानर
काठमाडौँ, १ कात्तिक (ससं) । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका १२ की उनलाई चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुबै मृगौलाले काम गर्न छाडेकाले विराट मेडिकल कलेजले काठमाडौं लैजान रिफर गरेको थियो। आफन्तले भने विराटनगरका अन्य अस्पतालमा भर्ना गराउन खोजे । तर बेड नभेटिएपछि घर लैजादै गर्दा बाटोमा मृत्यु भएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाले बताएको छ।...

घुस लिएको आरोपमा वन रक्षक पक्राउ

Uncategorized, निर्माण, प्रमुख समाचार
  काठमाडौँ, १ कार्तिक (ससं) । सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीबाट पक्राउ परेका हुन् । सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर पछि थप अनुसन्धान भइरहेको छ ।...
लक्ष्मीनारायण बहुउद्देश्य सहकारी संस्थाले एक करोड २ लाख मुनाफा गर्यो

लक्ष्मीनारायण बहुउद्देश्य सहकारी संस्थाले एक करोड २ लाख मुनाफा गर्यो

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, ३० असोज (ससं) । लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड २ लाख ६५ हजार रुपैयाँ मुनाफा गरेको छ । संस्थाको आज सम्पन्न तेह्रौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष शंकर थापाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उक्त मुनाफा आर्जन गरेको बताए । संस्थाले गत असार मसान्तसम्म २ करोड ८० लाख ६० हजार रुपैयाँ आम्दानी गरेकोमा उक्त आम्दानीबाट एक करोड ६९ लाख रुपैयाँ खर्च गरेको हो । संस्थाको वार्षिक साधारणसभा काठमाडौंको मुलपानीमा रहेको गणेश हिमाल माध्यमिक विद्यालयमा सो साधारणसभा सम्पन्न भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष थापाले मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउदै लक्ष्मीनारायण सहकारीले सहकारीका शेयरधनी सदस्यहरुको हक हितका लागि कार्य गरिरहेको बताए । अध्यक्ष थापाले शुभका...
नुवाकोटका शक्तिपीठ र मन्दिरहरुमा सर्वसाधारणलाई निषेध

नुवाकोटका शक्तिपीठ र मन्दिरहरुमा सर्वसाधारणलाई निषेध

ऊर्जा, निर्माण, ब्यानर
काठमाडौं, ३० असोज (ससं) । नुवाकोट जिल्लाभित्रका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पुजा बाहेक दर्शनका लागि सर्वसाधारणहरुलाई प्रवेश निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले दशैंमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा स्थापना गरिने दुर्गा भवानीको पण्डालमा सर्वसाधारणको भिड भई कोरोना संक्रमण फैलने भन्दै प्रशासनले यो वर्ष सर्वसाधारणलाई दर्शका लागि रोक लगाइएको शुक्रबार सूचना मार्फत जानकारी गराएको हो । शक्तिपीठ र मन्दिरहरुमा नित्य पूजामात्र गर्न दिईने छ । सूचनामा भनिएको छ, ‘जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डालमा सर्वसाधारणहरुको भिड अत्याधिक हुन गई कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकोले जिल्लाभित्रका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि सर्वसाधारणहरुलाई प्रवेश निषेध गरिएको व्यहोरा सम...
लमजुङमा कोरोना संक्रमितको संख्या ४८५ पुग्यो

लमजुङमा कोरोना संक्रमितको संख्या ४८५ पुग्यो

ऊर्जा, प्रमुख समाचार
लमजुङ, ३० असोज (ससं) । लमजुङमा थप ५ जनामा कारोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४८५ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म १२७ जना महिला र ३६८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितहरुमध्ये २ जना बेसीसहर वडा नं. ७ र ८ का ३१ र १८ वर्षीय पुरुष रहेका छन् भने सुन्दरबजार–७ का ४८ वर्षीय पुरुष, राईनस–५ का ४१ वर्षीय पुरुष र मध्यनेपाल–४ का ५८ वर्षिया पुरुष रहेक‍ा छन् । नयाँ संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा ल्याउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यलय लमजुङले जानकारी दिएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९४ पुगेको छ । जसमा महिलाको संख्या ८६ र पुरुषको संख्या ३०८ रहेको छ । हाल जिल्लामा ३१ जाना महिला र ६० जना पुरुष गरी ९१ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुलाई आईसोलेसनमा राखिएको प्रशासनले जनाएको छ । उनीहरुको स्वस्थ्य अवस्था समान्या रहेको बताइएको छ ।...
सेती नदि जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड लगानी जुट्यो

सेती नदि जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड लगानी जुट्यो

आर्थिक गतिविधि, निर्माण, ब्यानर
काठमाडौं, २९ असोज (ससं) । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणा भइरहेको २५ मेगावट क्षमताको सेती नदि जलविद्युत आयोजनाका लागि एनएमबि बैंकको नेतृत्वमा दुई वित्तीय संस्थाद्वारा ऋण लगानी जुटेको छ । एनएमबि बैंकको नेतृत्वमा कृषि विकास बैंक र कर्मचारी सञ्चय कोषले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । यो भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित आयोजना हो । आज भिडियो कन्फ्रेन्स मार्फत कम्पनी र ३ वित्तीय संस्थाबीच ऋण लगानीको सम्झौता भएको हो । आयोजनाको लागत ५ अर्ब रुपैयाँ रहेको छ । विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजनाको आगामी १८ देखि २० महिना भित्रसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए । नमूना जलविद्युत आयोजानको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गर्ने प्रतिवद्धता जनाउदै उनले आयोजन...
बहराइनका राजकुमारको टोली मनास्लुको चुचुरोमा

बहराइनका राजकुमारको टोली मनास्लुको चुचुरोमा

निर्माण, पर्यटन
काठमाडौं, २९ असोज (ससं) । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा शिखरमा पुगेका थिए । मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्यान्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी रहेको सेभेन समिट ट्रेक्सले जनाएको छ । सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलो पटक हो । यसअघि असोज १७ गते राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरेको थियो ।...