Monday, May 20Nepal News Portal
Shadow

कोरोना भाइरसका कारण इलामकी ८ वर्षीय बालिकाको मृत्यु


काठमाडौँ, १ कात्तिक (ससं) । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

सूर्योदय नगरपालिका १२ की उनलाई चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुबै मृगौलाले काम गर्न छाडेकाले विराट मेडिकल कलेजले काठमाडौं लैजान रिफर गरेको थियो।

आफन्तले भने विराटनगरका अन्य अस्पतालमा भर्ना गराउन खोजे । तर बेड नभेटिएपछि घर लैजादै गर्दा बाटोमा मृत्यु भएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाले बताएको छ।

Total Page Visits: 677 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्