Monday, May 20Nepal News Portal
Shadow

Author: Udhyog news

उपत्यकामा ९५७ संक्रमित थपिए

उपत्यकामा ९५७ संक्रमित थपिए

निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, ७ मंसिर (ससं)। उपत्यकामा आज ९५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ। आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७३३, भक्तपुरका ५३ र ललितपुरका १३१ जना रहेका छन्।
कोरोना भाइरसको कारण थप १६ जनाको मृत्यु

कोरोना भाइरसको कारण थप १६ जनाको मृत्यु

निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, ७ मंसिर (ससं)। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत् उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको छ। गत २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ।...
आज थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि

फोटोफिचर, ब्यानर
काठमाडौं, ७ मंसिर (ससं) । पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षण गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेको छ ।...
कैलालीको नाकखेलेढुङ्गा जङ्गलमा १० वर्षीया बालिका बलात्कृत

कैलालीको नाकखेलेढुङ्गा जङ्गलमा १० वर्षीया बालिका बलात्कृत

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं, ७ मंसिर (ससं) । कैलालीमा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्लाको नाकखेलेढुङ्गा जङ्गलमा उनी बलात्कृत भएकी हुन्। उनी जङ्गलको बाटो हुँदै घर जाँदै थिइन्। बालिकालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय लाले घर्ती थापा पक्राउ परेका छन्। हिजो दिउँसो पक्राउ परेका थापाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ ।...
आज थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि

निर्माण, ब्यानर
काठमाडौं, ६ मंसिर (ससं) । पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोनाभाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार १४४ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ९छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।...
ट्रम्पका जेठा छोरालाई पनि कोरोना सङ्क्रमण पुष्टि

ट्रम्पका जेठा छोरालाई पनि कोरोना सङ्क्रमण पुष्टि

निर्माण, फोटोफिचर
काठमाडौं, ६ मंसिर (ससं) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना सङ्क्रमण पुष्टिभएको छ । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको स्थानीय समयअनुसार शुक्रबार पुष्टि गरेका हुन्। सङ्क्रमण पुष्टि भएसँगै उनलाई क्वारेन्टाइनमै राखिएको प्रवक्ताले जानकारी दिएका छन्। यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको केहीअघि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। त्यसैगरी ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अन्य केही सदस्यहरूसमेत केही समय अगाडि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। अहिले ट्रम्प जुनियरकी गर्लफ्रेन्ड किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन्।...
वायु प्रदूषणको कारण संक्रमणको थप जोखिम

वायु प्रदूषणको कारण संक्रमणको थप जोखिम

निर्माण, ब्यानर
काठमाडौं, ६ मंसिर (ससं) । जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले कारोना भाइरसको संक्रमण थप फैलिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । मंसिर दोस्रो सातादेखि माघ तेस्रो सातासम्म चिसो बढी हुनेछ । वातावरणविद् भूषण तुलाधरका अनुसार जाडो मा वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ त्यतिबेला अत्यन्तै सचेत हुनुपर्नेछ । विज्ञहरूका अनुसार पानी नपर्ने र हावा नचल्ने भएकाले जाडो मौसममा प्रदूषण बढी हुन्छ । यही समयमा भाइरस पनि बढी सक्रिय रहन्छ । काठमाडौं उपत्यका कचौरा आकारको भएकाले जाडोयाममा धूलोको कण तल्लो भागमा तैरिएको हुन्छ । त्यस्तो बेला बाहिरबाट घरभित्र जाँदा धूलोका मसिना कणसँगै भाइरस पनि टाँसिएर गएको हुन्छ । त्यस्ता कणले श्वासप्रश्वास, छाती रोग र अन्य दीर्घरोगीलाई छिट्टै आक्रमण गर्ने सम्भावना उच्च हुन्छ ।...
पछिल्लो २४ घण्टामा १९४५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १९४५ संक्रमित थपिए

निर्माण, फोटोफिचर
काठमाडौं, ५ मंसिर (ससं) । पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा ७४० जना महिला र १२ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३६४ जना निको भएका छन् । नेपालमा निको हुने दर ८८ प्रतिशत रहेको छ । हालसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।...
कोरोना भाइरसका कारण सप्तरीमा एक महिलाको मृत्यु

कोरोना भाइरसका कारण सप्तरीमा एक महिलाको मृत्यु

फोटोफिचर, ब्यानर
काठमाडौं, ५ मंसिर (ससं) । सप्तरीको बोदे बर्साइन नगरपालिका ३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो। निमोनियासम्बन्धी समस्या देखिएर अस्पतालमा भर्ना भएकी ज्येष्ठ नागरिक महिलाको बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।  ...
पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि

निर्माण, फोटोफिचर
काठमाडौं, ३ मंसिर (ससं) । पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।