Saturday, May 18Nepal News Portal
Shadow

उद्योग

खण्डहर बन्यो गोल्छाले डुबाएको भृकुटी कागज कारखाना

खण्डहर बन्यो गोल्छाले डुबाएको भृकुटी कागज कारखाना

उद्योग, ब्यानर, समाचार
नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ। नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशक अघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले अस्पतालको भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीयवासी बताउँछन् । भृकुटी कागज कारखाना नजिकैका ७० वर्षीय रामेश्वर कँडेलले उद्योग सञ्चालनमा हुने बेलासम्म यहाँ निकै चहलपहल हुने गरेको स्मरण गरे। “विसं २०६५/६६ सम्म यो भृकुटीचोकमा अहिलेको नारायणगढ बजारको भन्दा कम चहलपहल हुँदैनथ्यो”, उनले भने, “उद्योगमा काम गर्ने सात–आठ सय मजदुर काममा जाने र निस्कने गर्दा त्यो दृश्य निकै नै रोचक लाग्थ्यो।” विसं २०६७ मा उद्योग बन्द भएपछि यहाँको चहपहल घटेसँगै उद्योग खण्डहर बन्दै गएको कँडेलले बताए। “उद्योग चल्ने बेलासम्म त उद्योग रहेको ठाउँ आकर्षक देखिन्थ्यो”...
२ सइ १७ साना उद्योग लोडसेडिङ र बैंकको चर्को ब्याजले बन्द

२ सइ १७ साना उद्योग लोडसेडिङ र बैंकको चर्को ब्याजले बन्द

आर्थिक गतिविधि, उद्योग, प्रमुख समाचार
काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा २ सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन्। लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ छन्। लोडसेडिङ, बढ्दो आर्थिकमन्दी, बैंकको चर्को ब्याजदरजस्ता कारणले उद्योग बन्द गर्नुपरेको उद्योगीको भनाइ छ। उद्योग बन्द गर्ने धेरैजसो तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर र बुटवल उपमहानगरपालिका उद्योगी छन्। रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले औद्योगिक क्षेत्रका रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै २ सयभन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीको अवस्था खराब रहेको स्पष्ट भएको बताए। उनले रुपन्देहीमा कोभिड महामारी, कर्जाको ब्याजदार, आयात तथा निर्यातमा भएका नीतिगत समस्यालगायतले साना उद्योग...
अर्थमन्त्री महत भन्छन्ः महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन

अर्थमन्त्री महत भन्छन्ः महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन

आर्थिक गतिविधि, उद्योग, ब्यानर, समाचार
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बाताएका छन्। शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र अब कसैले रोक्न नसक्ने दाबी गरेका हुन्। ‘सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो। महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ। देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ, कार्यक्रममा मन्त्री महतले भने, ‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरू विदेशिन्छन्। महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ। त्यसैले यहाँ कसैले स्थिरता दिन सक्छन् भने ति महिलामात्र हुन्।’ ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको हुँदा यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्ने उनले प्रतिवद्धता गरे। ‘‘अहिले कृषि व्यवसा...
विराटनगरको एमएम प्लास्टिक उद्योगमा आगलागी

विराटनगरको एमएम प्लास्टिक उद्योगमा आगलागी

आर्थिक गतिविधि, उद्योग, प्रमुख समाचार
काठमाडौं। विराटनगर महनगरपालिका–१४ मा रहेको एमएम प्लास्टिक उद्योगमा आगलागी भएको छ। बुधबार बिहान उद्योगको तीन तले भवनको भुइँ तलामा रहेको ‘युपिएस रूम’ मा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट करिब ३ करोड रुपैयाँबराबरको क्षति भएको प्रहरीले बताएको छ। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेका अनुसार इलइन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको हो। प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकललाई आगो नियन्त्रणमा लिन दुई घन्टा समय लागेको थियो।...
नेपालमा चिनिया बैंकको सम्भावनाबारे महासंघका अध्यक्ष र राजदूतबीच भेटवार्ता

नेपालमा चिनिया बैंकको सम्भावनाबारे महासंघका अध्यक्ष र राजदूतबीच भेटवार्ता

उद्योग, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ । भेटमा नेपालमा चिनिया बैंक आउन सक्ने सम्भावनातर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । भेटमा महासंघ अध्यक्ष ढकालले नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताए । नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको भन्दै अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षणसमेत गराएका छन् । पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत वताए । साथै अध्यक्ष ढकालले चिनिया पर्यटकहरुको मुख...
लक्ष्मी मित्तलले भारतमा स्टिल उत्पादन बढाउन थप १ अर्ब डलर लगानी गर्ने

लक्ष्मी मित्तलले भारतमा स्टिल उत्पादन बढाउन थप १ अर्ब डलर लगानी गर्ने

उद्योग, प्रमुख समाचार
काठमाडौं । विश्वप्रख्यात कम्पनी आर्सेलर मित्तलले भारतमा आफ्नो इस्पात ९स्टिल० उत्पादन क्षमता विस्तार गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ। कम्पनीको अहिले भारतमा वार्षिक ६६ लाख टन स्टिल उत्पादन क्षमता छ। यसलाई आगामी सन् २०२४ अन्त्यसम्ममा बढाएर वार्षिक ८६ लाख टन पुर्‍याउने लक्ष्य राखेको छ। आर्सेलर मित्तलले २०२३ अन्त्यसम्ममा क्षमता विस्तार योजना पूरा हुने जानकारी दिएको छ। कम्पनीका प्रमुख लक्ष्मी मित्तलले स्टिल उत्पादन बढाउन थप १ अर्ब अमेरिकी डलर लगानी गर्ने भएका छन्। स्टिल र खानी टाइकुन लक्ष्मी भारतका १५औं धनाढ्य हुन्। फोब्र्सका अनुसार उनको सम्पत्ति १३ अर्ब ८० करोड डलरबराबर छ। कम्पनीले हट रोल्ड कुण्डल र कोल्ड रोल्ड कुण्डललगायत समतल स्टिल उत्पादनमा लगानी बढाउन लागेको हो। यस्तै आर्सेलर मित्तलले भारतमा नयाँ अटोमोटिभ डाउनस्ट्रिम सुविधामा लगानी गर्ने योजना बनाएको छ। यसले अटोमोटिभ उ...
सूर्य नेपालले गर्यो २७ अर्बभन्दा बढीको कारोबार

सूर्य नेपालले गर्यो २७ अर्बभन्दा बढीको कारोबार

आर्थिक गतिविधि, उद्योग, प्रमुख समाचार
काठमाडौं । बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिको कारोबार १०.२९ प्रतिशत अर्थात् २ अर्ब ५२ करोड २० लाख रुपैयाँ बढेको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले एक वर्षमा साढे २ अर्ब रुपैयाँ कारोबार बढाएर २७ अर्ब रुपैयाँ बराबरको ब्यापार गरेको हो । कम्पनीले २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । जुन एक वर्ष अर्थात् सन् २०२२ मा साढे २ अर्ब रुपैयाँ बढेर २७ अर्ब १ करोड ४० लाख रुपैयाँ पुगेको हो । त्यसअघि सन् २०२० मा कम्पनीले २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ बाबरको कारोबार गरेको थियो । साथै, सन् २०२२ मा गरेको नाफाबाट कम्पनीले १० अर्ब ४० करोड ३० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । भारतको आईटीसी लिमिटेडको कम्पनीमा ५९ प्रतिशत सेयर स्वामित्व छ । अमेरिकी ८.४५ बिलियन बजार पूँजीकरण भएको कम्पनी भारतीय नीजि कम्पनी हो । यस्तै, ३९ प्रतिशत...
नेपालमा थपिने भयो सिमेन्ट उद्योग, सूर्यताराको १४ अर्ब २७ करोड लगानी स्वीकृत

नेपालमा थपिने भयो सिमेन्ट उद्योग, सूर्यताराको १४ अर्ब २७ करोड लगानी स्वीकृत

उद्योग, प्रमुख समाचार
काठमाडौं । प्राधिकरणले बिजुली दिने मिति ग्यारेन्टी नगर्दा कारखानाको पूर्वाधार निर्माण अनिश्चित बनेको छ। कारखाना पूर्वाधार निर्माण सुरु गरेको २४ महिनाभित्र सूर्यताराबाट सिमेन्ट उत्पादन थाल्ने योजना लगानीकर्ताले बनाएका थिए। सूर्यताराले सिमेन्ट उद्योग स्थापना गर्न ४० बिघा जग्गा खरिद गरिसकेको छ। यस्तै जग्गा तारबार लगाएर घेर्ने काम सकिएको छ। दैनिक करिब ३ हजार टन क्लिंकर र ३ हजार टन (६० हजार बोरा) सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य थियो। उद्योगले सिमेन्ट बेचेर वार्षिक ५ अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको थियो। कूल लगानीमध्ये ८० प्रतिशत बैंक ऋण र बाँकी संस्थापकहरूको स्वपुँजी (इक्विटी) स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। सूर्यतारा कर्णाली प्रदेशको पहिलो सिमेन्ट उद्योग बन्न लागेको हो। विस्तृत अध्ययन भएर कारखानाको पूर्वाधार तयारपछि उद्योग सञ्चालमा आउने छ। अहिलेसम्म कर्णाली र ...
निर्माण व्यवसायीका माग तत्काल सम्बोधन गर्न सरकारलाई परिसंघको आग्रह

निर्माण व्यवसायीका माग तत्काल सम्बोधन गर्न सरकारलाई परिसंघको आग्रह

उद्योग, समाचार
काठमाडौं । नेपाल उद्योग परिसंघले निर्माण व्यवसायीका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । एक विज्ञप्तिमार्फत परिसंघले निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदाको प्रत्यक्ष असर अर्थतन्त्रमा परेकोतर्फ पनि ध्यानाकर्षण गराएको छ । निजी क्षेकले उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवं रोजगारी कटौतीसहितका चुनौतीको सामना गरिरहेको छ । “कुल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठुलो योगदान छ । निर्माण व्यवसायीहरूका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न समेत परिसंघ हार्दिक अनुरोध गर्दछ,” विज्ञत्तिमा उल्लेख छ ।...
हेटौँडा औद्योगिक क्षेत्रमा आर्थिक सङ्कटले ९ वटा उद्योग बन्द

हेटौँडा औद्योगिक क्षेत्रमा आर्थिक सङ्कटले ९ वटा उद्योग बन्द

आर्थिक गतिविधि, उद्योग, प्रमुख समाचार
काठमाडौं । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अहिले दैनिक १०५ वटा विभिन्न प्रकारका उद्योग सञ्चालित छन् । उक्त औद्योगिक क्षेत्रमा स्थापना भएको हेटौँडा कपडा उद्योग सहित ९ वटा उद्योग आर्थिक सङ्कटको कारणबाट केही वर्षअघिदेखि बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ । सो क्षेत्रको परिसरभित्र विभिन्न प्रकारका गरी १९ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । ती उद्योगमध्ये ७ वटा उद्योगले आगामी चैत मसान्तभित्रै आ–आफ्नो उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिएको औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ । यसैगरी, सो औद्योगिक क्षेत्रमा अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख रहेका छन् । यस्तै, उक्त परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य...