Saturday, May 18Nepal News Portal
Shadow

उद्योग

खाली सिलिन्डर सम्बन्धित उद्योगमा फिर्ता गर्न अक्सिजन ग्यास उत्पादक संघकोआग्रह

खाली सिलिन्डर सम्बन्धित उद्योगमा फिर्ता गर्न अक्सिजन ग्यास उत्पादक संघकोआग्रह

उद्योग
काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघले खाली भएका र प्रयोगविहिन रहेका अक्सिजन सिलिन्डर सम्बन्धित उद्योगमा बुझाउन आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमितलाई अक्सिजनको आवश्यकता परिरहेकाले खाली तथा प्रयोगविहिन सिलिन्डर फिर्ता गर्न आग्रह गरेको हो । खाली सिलिन्डरमा अक्सिजन रिलिफ गरि विभिन्न अस्पताल, मेडिकल, अक्सिजनाको आवश्यकता पर्ने बिरामीलाई उपलब्ध गराउने ग्यास उत्पादक संघको भनाई छ । संघमा आवद्ध रहेका कान्तिपुर अक्सिजन, सगरमाथा अक्सिजन, अक्सिटेक अक्सिजन, नव ज्योती ग्यास अक्सिजन, हाम्रो अक्सिजन प्रालिमा सिलिन्डर बुझाउन सकिने छ । त्यस्तै सोपान फर्मास्युटिकल्स, हिमाल अक्सिजन, सिता अक्सिजन, शंकर अक्सिजन प्रालिमासमेत सिलिन्डर बुझाउन संघले आग्रह गरेको छ ।...
अत्यावश्यकीय सामाग्रीको सहज आपूर्तिका लागि निजी क्षेत्रका तीनै संस्थाको संयुक्त अपील

अत्यावश्यकीय सामाग्रीको सहज आपूर्तिका लागि निजी क्षेत्रका तीनै संस्थाको संयुक्त अपील

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीका बेला अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धताका लागि अपील गरेका छन् । कोभिड १९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आपूmसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन तीन वटै चेम्बर संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै अपील गरेका हुन् । कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नया रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरु भरिदै गएका छन भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ । सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्...
न्यूनतम तलब वृद्धिमा तीन व्यवसायिक संगठनको असन्तुष्टि

न्यूनतम तलब वृद्धिमा तीन व्यवसायिक संगठनको असन्तुष्टि

उद्योग, प्रमुख समाचार
काठमाडौं । नेपाल सरकारले एकलौटी रुपमा न्यूनतम पारिश्रमिक तोकेकोमा सार्वजनिक रुपमै तीन वटा व्यवसायिक संगठनले असन्तुष्टी जनाएका छन्। आज (विहीबार) नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कोरोनाले संकटमा परेका उद्योगी व्यवसायीलाई सरकारको निर्णयले मर्माहत बनाएको उल्लेख गरेका छन्। उनीहरुले संकटको समयमा आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा पनि सरकारको हस्तक्षेप नहोस भन्ने निजी क्षेत्रले चाहेको जनाएका छन्। उनीहरुले चालु बर्षको मौद्रिक नीति मार्फत घोषणा भएको व्यवसाय निरन्तरता कर्जाको निराशाजनक कार्यान्वयनले सरकारी राहत पाउन नसकिरहेको अवस्थामा पारिश्रमिक तोक्ने व्यवस्थाले मर्माहत बनाएको जनाएका हुन्। सरकारले गत २० गते राजपत्रमा सूचना प्रकाशित गरि न्युनतम पारिश्रमिक बृद्धिबारे निर्णय गरेको थियो। कोभिडको दोस्रो लहर शु...
दैनिक खाद्यान्नको मौज्दात तीन महिनालाई पुग्ने, आत्तिएर धेरै किन्नु नपर्ने

दैनिक खाद्यान्नको मौज्दात तीन महिनालाई पुग्ने, आत्तिएर धेरै किन्नु नपर्ने

उद्योग, उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । चामल, दाल जस्ता दैनिक उपभोग्य खाद्यान्न वस्तुको मौज्दात पर्याप्त रहेको सरकारले जनाएको छ। यो बस्तुको मौज्दात तीन महिनाभन्दा बढिको रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको हो । विभाग स्रोतले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी मौज्दात रहेको जनाएको छ । उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको पनि स्रोतको भनाई छ । सा्रेतले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद संचय नगर्न समेत आग्रह गरेको छ ।...