Saturday, May 4Nepal News Portal
Shadow

उद्योग

जेठदेखि बिजुली बाल्ने तयारीमा रहेको माथिल्लो तामाकोशी हाइड्रोपावरको नोक्सानी घट्यो

जेठदेखि बिजुली बाल्ने तयारीमा रहेको माथिल्लो तामाकोशी हाइड्रोपावरको नोक्सानी घट्यो

आर्थिक गतिविधि, उद्योग, ऊर्जा
कामठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नो्क्सानी घटेको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा रहेको छ । दोलखामा ४५६ मेगावाट क्षमताको आयोजना निमार्ण गरिरहेको आयोजनाले जेठको दोस्रो साताबाट पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने र त्यसको ३ महिनाभित्रै ६ वटा युनिटबाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ। कोभिड १९ को असरले गर्दा आयोजना निमार्णको अवधि र लागत बढ्दै गएको् छ, यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटहीदर तथा अन्य व्यायभारले आयोजनाको लागत बढ्न गएको तर बिजुली बिक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको विवरणमा उल्लेख छ।...
आकस्मिक उद्धारका नाममा बढी शुल्क नलिन क्यानको निर्देशन

आकस्मिक उद्धारका नाममा बढी शुल्क नलिन क्यानको निर्देशन

उद्योग, पर्यटन, ब्यानर
काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै प्राधिकरणले कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको हो । यस्तै, उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको छ । क्यानको निर्देशनबमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्...
गोल्छा ग्रुपद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड सहयोग

गोल्छा ग्रुपद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड सहयोग

उद्योग
काठमाडौं । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन रु। १ करोड सहयोग गरेको छ। गोल्छा ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो। अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा ग्रूपले उक्त सहयोग उपलब्ध गराएको बताएको छ ।...
चेम्बरले विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउँने

चेम्बरले विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउँने

उद्योग, उपभोक्ता
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएको हो । कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएको हो । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् । एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा चेम्बरले उपलब्ध गराएको फोन नम्बर ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाईल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने छ ।  ...
स्वास्थ्य मन्त्रालयको सिफारिस नलिई अक्सिजन ग्यासको सिलिण्डर बिक्री गर्न नपाइने

स्वास्थ्य मन्त्रालयको सिफारिस नलिई अक्सिजन ग्यासको सिलिण्डर बिक्री गर्न नपाइने

उद्योग
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अपिल गरेको छ । मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो । मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहरका कारणले धेरै सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले ग्यास उत्पादकलाई मन्त्रालयको सिफारिसविना अस्पताललाई ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गर्नुभएको हो ।...
उद्योग वाणिज्य महासंघले थाल्यो, ‘हेलो डाक्टर अभियान’

उद्योग वाणिज्य महासंघले थाल्यो, ‘हेलो डाक्टर अभियान’

उद्योग, उपभोक्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान सुरु गरेको छ । महासंघले मूलुक विपत्तिमा रहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियान थालिएको बताएको छ । अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आजदेखि ‘हेलो डाक्टर’ कार्यक्रम शुभारम्भ गरिएको छ । भाइबरसँगको सहकार्यमा महासंघले सुरु गरेको हेलो डाक्टर कार्यक्रममा डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा काम गर्नेछन् । हेलो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने काम आइतबारबाट सुरु हुनेछ । यो कार्यक्रममार्फत कोरोना सङ्क्रमित भई घर वा आइसोलेशनमा बसेका तर, चिकित्सकको सल्लाह र परामर्श लिन कठिनाइ भएकाहरुले सेवा लिन सक्ने महासंघले जनाएको छ । अभियानले भाइबरमार्फत कोभिड सङ्क्रमित बिरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराईदिनेछ । सुरुमा पाँच डाक्टरले परामर्श गर्नेछन् । हेलो डाक्ट...
प्रतिबोरा २५ले बढ्यो सिमेन्टको मूल्य

प्रतिबोरा २५ले बढ्यो सिमेन्टको मूल्य

उद्योग
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) ले उत्पन्न निषेधाज्ञाकै बेला सिमेन्टको मूल्यवृद्धि भएको छ । निषेधाज्ञा भएको एक सातामै प्रति बोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि भएको हो । अहिले सिमेन्ट मात्रै होइन निर्माणजन्य सम्पूर्ण सामग्रीहरुको मूल्य वृद्धि भएको छ । फलामजन्य निर्माण सामग्री अन्तर्गत विभिन्न साइजका डण्डी, जी आई तार, ग्याल्विन तार, पाइप लगायतका सामग्रीहरुको मूल्यवृद्धि भएको छ भने अन्य खानीजन्य निर्माण सामग्रीको मूल्य पनि अत्याधिक मात्रामा वृद्धि भएको छ । निर्माण सामग्रीको मूल्यवृद्धिसँगै कृतिम अभाव भएपछि निर्माणका कामहरु ठप्प भएको निर्माण व्यवसायीहको गुनासो रहेको छ । महामारीको समयमा नै उद्योगीहरुले मिलोमतोमा मूल्यवृद्धि तथा कार्टेलिङ गरेको आरोप निर्माण व्यवसायीहरुले लगाएका छन् । उनीहरुका अनुसार अहिले निर्माणजन्य सामग्रीको अभावसँगै फलामजन्य सामग...
अक्सिजनमा बढ्न थाल्यो कालोबजारी, १० हजारमा पाइने सिलिन्डर ४० हजारमा बेच्दै

अक्सिजनमा बढ्न थाल्यो कालोबजारी, १० हजारमा पाइने सिलिन्डर ४० हजारमा बेच्दै

उद्योग, ब्यानर
काठमाडौं । अक्सिजनको धेरै अभाव हुन थालेपछि उद्योगीले चार गुणा बढी मूल्य लिएर अक्सिजन सिलिन्डर बेचिरहेका छन् । सामान्य अवस्थामा १० हजार रुपैयाँ पाइने एक सिलिन्ड अक्सिजनको मूल्य ४० हजार रुपैयाँसम्म लिन थालेका हुन् । कोरोनाका बिरामीले दैनिक रुपमा नयाँ रेकर्ड बनाइरहेको र उनीहरुलाई अक्सिजन आवश्यक पर्न थालेपछि केही उद्योगीले त्यसलाई कमाउने दाउका रुपमा लिइरहेका छन् । अहिले अक्सिजन उद्योगीले ४० हजार रुपैयाँ लिँदै पहाडी क्षेत्रमा अक्सिजनका सिलिन्डर पठाइरहेका छन् । देशमा कोरोना संक्रमणको दर उच्च गतिमा फैलिएकाले पहाडी क्षेत्रमा बसोबार गर्ने मान्छेले तराइ झरेर महँगो मूल्य तिरेर अक्सिजन लिएर गइरहेकका छन् । यदि कोरोना संक्रमण भइहाले र बिरामीलाई तत्काल अक्सिजन जोड्नुपर्ने अवस्था आएका अक्सिजन नपाउने देखेपछि पहाडबाट झरेर धमाधम अक्सिजन लिएर गइरहेका छन् । एकातिर त्यसरी पहाडी इलाकातिर अक्सिजन सिलिन्...
खाली सिलिन्डर सम्बन्धित उद्योगमा फिर्ता गर्न अक्सिजन ग्यास उत्पादक संघकोआग्रह

खाली सिलिन्डर सम्बन्धित उद्योगमा फिर्ता गर्न अक्सिजन ग्यास उत्पादक संघकोआग्रह

उद्योग
काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघले खाली भएका र प्रयोगविहिन रहेका अक्सिजन सिलिन्डर सम्बन्धित उद्योगमा बुझाउन आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमितलाई अक्सिजनको आवश्यकता परिरहेकाले खाली तथा प्रयोगविहिन सिलिन्डर फिर्ता गर्न आग्रह गरेको हो । खाली सिलिन्डरमा अक्सिजन रिलिफ गरि विभिन्न अस्पताल, मेडिकल, अक्सिजनाको आवश्यकता पर्ने बिरामीलाई उपलब्ध गराउने ग्यास उत्पादक संघको भनाई छ । संघमा आवद्ध रहेका कान्तिपुर अक्सिजन, सगरमाथा अक्सिजन, अक्सिटेक अक्सिजन, नव ज्योती ग्यास अक्सिजन, हाम्रो अक्सिजन प्रालिमा सिलिन्डर बुझाउन सकिने छ । त्यस्तै सोपान फर्मास्युटिकल्स, हिमाल अक्सिजन, सिता अक्सिजन, शंकर अक्सिजन प्रालिमासमेत सिलिन्डर बुझाउन संघले आग्रह गरेको छ ।...
अत्यावश्यकीय सामाग्रीको सहज आपूर्तिका लागि निजी क्षेत्रका तीनै संस्थाको संयुक्त अपील

अत्यावश्यकीय सामाग्रीको सहज आपूर्तिका लागि निजी क्षेत्रका तीनै संस्थाको संयुक्त अपील

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीका बेला अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धताका लागि अपील गरेका छन् । कोभिड १९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आपूmसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन तीन वटै चेम्बर संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै अपील गरेका हुन् । कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नया रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरु भरिदै गएका छन भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ । सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्...