Saturday, May 18Nepal News Portal
Shadow

उद्योग

उद्योग परिसंघले गर्यो ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण

उद्योग परिसंघले गर्यो ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण

उत्पादनमूलक, उद्योग, ब्यानर
काठमाडौं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् देशका ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत् मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन्।परिसंघले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको हो । यसैगरी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल, धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल, दाङलाई १० थान, भेरी अञ्चल अस्पताल, नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल, बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल, विराटनगरलाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ।  ...
औद्योगिक क्षेत्रमा अक्सिजन प्लान्ट राख्न जग्गा र पूर्वाधार तत्कालै दिइने

औद्योगिक क्षेत्रमा अक्सिजन प्लान्ट राख्न जग्गा र पूर्वाधार तत्कालै दिइने

उद्योग, कर्पाेरेट
काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने भएको छ । कम्पनीका अध्यक्ष नन्दकिशोर बस्नेतले कुनै कम्पनी अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानि लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताएका हुन्। नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको उनलको भनाई छ ।...
नेपालमै पहिलोपटक अक्सिजन ग्यास सिलिण्डर उत्पादन परीक्षण सफल

नेपालमै पहिलोपटक अक्सिजन ग्यास सिलिण्डर उत्पादन परीक्षण सफल

उद्योग, ब्यानर
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोरोना कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज (मंगलबार) उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरेका हुन् । मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रूपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाएका छन् ।...
चौधरी फाउन्डेसनले १८ शैयाको आईसीयू वार्ड र नबिलले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

चौधरी फाउन्डेसनले १८ शैयाको आईसीयू वार्ड र नबिलले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । चौधरी फाउन्डेसनले देशकै ठुलो वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापना गर्नका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग आज (मंगलबार) समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । त्यस्तै वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन । सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो । अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटररप्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । चौधरी फाउन्डेसनका अध्यक्ष एवं ...
सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश ३ का मुख्यमन्त्रीको निर्देशन

सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश ३ का मुख्यमन्त्रीको निर्देशन

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन्। उनले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर सङ्क्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिससका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न आग्रह गरे। उनले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकिएको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भीडभाड नगर्न पनि स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न आह्वान गरे। सो भर्चुअल संवादमा सामाज...
स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो–छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो–छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

उद्योग, ब्यानर
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई तिब्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । भर्चुअल रूपमा गरिएको एक कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई केन्द्र, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् । उनले एकातिर कोभिड–१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि...
कोरोना संक्रमित बढेसँगै खाद्य उद्योगीद्वारा मेडिकल टिमसहित आइसोलेसन सेन्टर निर्माण

कोरोना संक्रमित बढेसँगै खाद्य उद्योगीद्वारा मेडिकल टिमसहित आइसोलेसन सेन्टर निर्माण

उद्योग, ब्यानर
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट आफ्ना कर्मचारी संक्रमित हुन थालेसँगै उत्पादनमा गम्भीर समस्या आउने देखिएपछि उद्योगीले मेडिकल टिमसहित आइसोलेसन सेन्टर निर्माण गरेका छन् । कोरोनाको दोस्रो लहरबाट धमाधम कर्मचारी संक्रमित हुन थालेपछि उद्योगीले मेडिकल टिम राखेर उनीहरुको उपचार गरिरहेका छन् । ‘खाद्य उद्योग अत्यावश्यकभित्र पर्छ । उद्योग बन्द गर्न मिल्दैन । फेरि एउटा कर्मचारी संक्रमित हुने बित्तिकै भएभरका कर्मचारी जोखिममा पर्छन् । डाक्टरको प्रत्यक्ष निगरानी हुने बित्तिकै अन्य कर्मचारीको पनि हौसला बढ्छ र जोखिम पनि कम हुने भएपछि सबै उद्योगले आइसोलेसन र डाक्टरसहितको मेडिकल टिम खडा गरेका हुन् । अहिले खाद्य उद्योगमा भएका कर्मचारीमध्ये ४० प्रतिशतलाई कोरोना संक्रमण भएको छ । त्यही भएर उद्योगले पूर्ण क्षमतामा उत्पादन पनि गर्न सकेका छैनन् । सरकारले खाद्य उद्योगका कर्मचारीलाई खोप लगाउने व्यवस्था न...
उद्योग वाणिज्य संघ ताप्लेजुङद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर

उद्योग वाणिज्य संघ ताप्लेजुङद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर

उद्योग, प्रदेश, प्रदेश १
ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर अक्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिण्डर खरीद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैयाँ सिलिण्डर खरीदमा सहयोग गरेका थिए । यस्तै बजारका ३३ व्यवसायीले एक देखि १५ हजाररुपैयाँ सम्म सहयोग गरेका थिए । कम्तिमा ५० सिलिण्डर प्रदान गर्ने संघको लक्ष्य अनुसार हाल ३५ थान सिलिण्डर खरीदका लागि पैसा जम्मा गरी खरीद प्रक्रिया अघि बढेकोमा ८ थान आएको हो । बाँकी आउने प्रक्रियामा रहेको बताइएको छ ।...
अक्सिजन प्लान्टका कर्मचारीमा कोरोना संक्रमण हुदा उत्पादनमा समस्या

अक्सिजन प्लान्टका कर्मचारीमा कोरोना संक्रमण हुदा उत्पादनमा समस्या

उद्योग, निर्माण, प्रमुख समाचार
काठमाडौं । उद्योगका प्लान्टमा अक्सिजन भर्ने कर्मचारीलाई कोरोना संक्रमण हुँदा उत्पादनमा गम्भीर समस्या देखिने भएको छ । अक्सिजन उत्पादक संघले प्लान्टमा काम गर्ने कर्मचारीलाई खोप लगाइदिन सरकारसँग गरेको बारम्बार आग्रहलाई वेवास्ता गर्दा अहिले उत्पादनमा गम्भीर समस्या आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन उद्योगमा काम गर्ने सम्पूर्ण कर्मचारी फ्रन्टलाइनर भएको जानकारी गराइसकेको छ । उनीहरुलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेर खोप लगाउन संघले गरेको आग्रहलाई सुनुवाई नगर्दा गम्भीर समस्या आएको हो । अहिले उद्योगमा काम गर्ने ४० प्रतिशत कर्मचारी कोरोनाको शिकार भइरहेका छन् । अक्सिजन जसले पायो उसले भर्न सक्दैन । अक्सिजन भर्न प्राविधिक जनशक्ति नै चाहिन्छ । अहिले त्यही जनशक्ति कोरोनाबाट थलिएर बसेको संघले जानकारी गराएको छ ।  ...
उद्योग वाणिज्य महासंघद्वारा कोभिड–१९ सहायता केन्द्र स्थापना, पदाधिकारीहरुलाई कार्य विभाजन

उद्योग वाणिज्य महासंघद्वारा कोभिड–१९ सहायता केन्द्र स्थापना, पदाधिकारीहरुलाई कार्य विभाजन

उद्योग, प्रदेश
  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ । महासंघले मुलुकमा बढदो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले केन्द्रीय कार्यालयमा उक्त सहायता केन्द्र स्थापना गरेको हो । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय भने महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने छन् । कोभिड–१९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउनको लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको छ । जसअनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन रामचन्द्र संघई तथा शौरभ ज्योतिले गर्नेछन् । त्यस्तै अस्पताल तथा आईशोलेसन केन्द्र सहजीकरण हेमराज ढकाल र रविन श्रेष्ठले गर्ने भएका छन् । अस्पताल व्यवस्थापन भने ई देशबन्धु बस्नेत, बाबुका...