Tuesday, May 14Nepal News Portal
Shadow

उपभोक्ता

एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै

एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै

उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज ९जेठ १० गतेदेखि लागु गरिने भएको छ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ । ‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्न सक्नेछन् । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस  (mdms.nta.gov.np)मा दर्ता भएरनभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ । यस्तै, आयात...
नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण सुरू

नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण सुरू

आर्थिक गतिविधि, उपभोक्ता, समाचार
काठमाडौं । टाटा मोटर्सले मंगलबारबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण सुरू गरेको छ। यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप कम्पनीले नेक्सन इभी म्याक्स बजारमा ल्याएको हो। कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नँया गाडी ७.२ किलोवाट चार्जिङको व्यवस्था सहित ४६ लाख ४९ हजार रुपैयाँको मूल्यमा उपलब्ध छ। उत्कृष्ट एवम् दिगो ‘मोबिलिटी’ मा विश्वास राख्ने ग्राहकहरूलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्‍याउने अपेक्षा गरिएको छ। उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङहरूमा उपलब्ध छ। त्यसैगरी, स्ट्यान्डर्ड रङको रुपमा डुएल टन बडी पनि उपलब्ध छ। ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्र...
सामुदायिक दृढताका लागि कोका–कोलाको नयाँ ‘वाटर स्टेवार्डसिप परियोजना

सामुदायिक दृढताका लागि कोका–कोलाको नयाँ ‘वाटर स्टेवार्डसिप परियोजना

उपभोक्ता, समाचार
काठमाडौं । कोका–कोला बेभरेज नेपालले रेन वाटर हार्वेस्टिङ तथा ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरूसहित २०२३–२०२४ का लागि ४ नयाँ परियोजनाहरू ल्याएको छ । वाटर स्टेवार्डसिपको एउटा हिस्साको रूपमा बालाजु पार्कको बाइसधाराको पुनरुत्थान र वास प्रणालीका साथै पोखरा र भरतपुरमा यस्ता परियोजना ल्याएको हो । यी पानी भण्डारण परियोजनाहरू कोका–कोलाको २०३० जल सुरक्षा रणनीतिप्रतिको बलियो प्रतिबद्धताको समर्थनमा पानीको पुनःपूर्तिको सन्दर्भ–आधारित दृष्टिकोण, स्मार्ट पानीका लागि नीतिहरूको वकालत र हाम्रा सञ्चालन र आपूर्तिहरूमा पानीको जिम्मेवार प्रयोगमार्फत पानी सुरक्षा बढाउनमा केन्द्रित छन् । परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह/ सतहभन्दा मुनि ड्रेनेजको काम समावेश छ । परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३० हजार केएल पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ, जसले ...
फ्रेन्च कार ‘सिट्रोन सी–३’ नेपालमा सार्वजनिक,कति पर्छ मूल्य ?

फ्रेन्च कार ‘सिट्रोन सी–३’ नेपालमा सार्वजनिक,कति पर्छ मूल्य ?

आर्थिक गतिविधि, उपभोक्ता, प्रमुख समाचार
काठमाडौं। भारतमा उत्पादन भएको फ्रेन्च कार ‘सिट्रोन सी–३’ नेपाली बजारमा सार्वजनिक भएको छ। सिट्रोन गाडीको आधिकारीक बिक्रेता सांग्रिला मोटर्सले सिट्रोनको नयाँ मोडल सी–३ नेपाली बजारमा बुधबार (आज) सार्वजनिक भएको हो। यसको मुल्य ३४ लाख ४९ हजार देखि ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ। अहिले नेपालमा यसको २ वटा भेरिएयन्ट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा नै उत्पादन गरेको पहिलो कार सी–३ कम्प्याक्ट एसयूभी सेग्मेन्टको कार हो। कम्पनीले यो कार सीएमपी मोडुलर प्लाटफर्ममा तयार पारेको हो। कारको अगाडि भागमा स्पिट हेडल्याम्प, एलईडी डीआरएल तथा रियरमा र्‍याप अराउण्ड एलईडी ब्याक लाइट रहेको छ । कारको ओराभीएम र फ्रन्ट ग्रीलमा क्रोम फिनिस छ भने तल्लो भागमा हेग्जागन साइजको ग्रिल र अझ तलपट्टी डिउल टोन बम्पर र आल्मुनियम जस्तो देखिने स्किडप्लेट छ। यसमा ड्युलटोन डाइमण्ड...
सामसङले बजारमा ल्यायो ग्यालेक्सी एम १४ ५जी

सामसङले बजारमा ल्यायो ग्यालेक्सी एम १४ ५जी

उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम १४ ५ जी बजारमा नेपाली बजारमा ल्याएको छ। उक्त स्मार्टफोनमा ५० एमपिको ३ वटा क्यामरा, छ हजार एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य धेरै विषेशताहरू भएको कम्पनीले जानकारी दिएको हो । ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरूको माया प्राप्त गर्दै आएकोे छ। यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५जी मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ। सामसङ नेपाल मोबाइल बिजनेसका डाइरेक्टर प्रणय रत्न स्थापितले भने। यसमा एफ १.८ लेन्स रहेको छ जसले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सकिन्छ। यस्तै, यसमा सेल्फी खिच्नका लागि १३ एमपिको फ्रन्ट क्यामरा जडित छ। यसमा भएको विशाल ६ हजार एमएएच ब्याट्रीले ुपावर मोन्स्टरु बनाएको छ। जुन बिना चार्ज २ दिनसम्म लगातार चल्छ। यस स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङलाई पनि सपोर्ट गर्ने भएकोले...
सेगवे ई१०० इलेक्ट्रिक स्कुटरमा ६५० रुपैयाँको चार्जले पूर्व–पश्चिमको यात्रा सम्पन्न

सेगवे ई१०० इलेक्ट्रिक स्कुटरमा ६५० रुपैयाँको चार्जले पूर्व–पश्चिमको यात्रा सम्पन्न

उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले इतिहास रच्दै पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा)देखि महेन्द्रनगर (नेपाल–भारत सीमा) सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका हुन् । २ वटा ब्याट्री र २ वटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । यो यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको कम्पनी जानकारी दिएको छ । धिरेनले ६ रात ७ दिनको साहसिक यात्रा काँकडभिट्टाबाट सुरु गरेका थिए । उनले सम्पूर्ण यात्राको दौरान चार्जिङ खर्च ६५० रुपैयाँ मात्रै गरेको कम्पनीले जनाएको छ । किफायती र कम लागतको विद्युतीय स्कुटरको यात्राले आगामी दिनहरूमा वातावरणमैत्री यातायात साधन...
एनएमबी बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ प्रयोग गरी सिधैं एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने

एनएमबी बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ प्रयोग गरी सिधैं एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने

उपभोक्ता, बैंक तथा वित्त, समाचार
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे मा अब एनएमबी बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ। आइएमई पे र एनएमबी बैंकबीच भएको सम्झौता स्वरुप अब ग्राहकले आफ्नो एनएमबी बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधैं एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्। ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ सो सुविधा सुरू गरेको बताइएको छ।...
एनसेलले ९७० देखि सुरु हुने नयाँ नम्बर सञ्चालनमा ल्याउने

एनसेलले ९७० देखि सुरु हुने नयाँ नम्बर सञ्चालनमा ल्याउने

उपभोक्ता, समाचार
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले अब ९७० देखि सुरु हुने नम्बर सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७८ सालको चैत ६ गते पाएको स्वीकृतिअनुसार अब नयाँ नम्बरको सेवा सुचारु गर्ने एनसेलले जनाएको छ । नयाँ नम्बरका साथ ग्राहकहरुलाई थप सुविधा र अझैं विस्तारित सेवा दिन प्रयान गर्ने एनसेलको भनाइ छ ।...
महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन नेपाली बजारमाः यस्ता छन् बिशेषता

महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन नेपाली बजारमाः यस्ता छन् बिशेषता

उपभोक्ता, समाचार
काठमाडौ । महिन्द्राको सब फोर मिटर सेग्मेन्टको एक्सयूभी ३०० अब छिट्टै नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन नेपाली बजारमा विक्री सुरु गरेको हो। नयाँ एक्स्यूभी ३०० मा धेरै उत्कृष्ट फिचर पाउन सकिन्छ भने यसको मूल्य ४२.९५ देखी सुरु हुने छ । सो एक्सयूभी सन् २०२० देखी नै नेपाली बजारमा बिक्री तथा बितरण हुँदै आएको छ । महिन्द्रा एक्स्यूभी ३०० को फेसलिफ्ट भर्सनमा ११९७ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १३० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । सो एक्स्यूभीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको कम्पनिले जानकारी दिएको छ। पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ३०० जस्तोसुकै बाटोको लागि उपयुक्त छ । यसको स्पीड पनि निकै उत्कृष्ट रहेको छ । यसले ५ सेकेन्डमा ० देखि ६० क...
ईङवा हाइड्रोपावरले बैशाख १३ गतेदेखि आईपीओ निष्काशन गर्दै

ईङवा हाइड्रोपावरले बैशाख १३ गतेदेखि आईपीओ निष्काशन गर्दै

उपभोक्ता, प्रमुख समाचार, शेयर बजार
काठमाडौंं । ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० %ले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो। सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँ...