Monday, April 29Nepal News Portal
Shadow

उपभोक्ता

आइएमई पेले मोबाइल रिचार्जमा दिइरहेको क्यास ब्याकलाई निरन्तरता दिने

आइएमई पेले मोबाइल रिचार्जमा दिइरहेको क्यास ब्याकलाई निरन्तरता दिने

आर्थिक गतिविधि, उपभोक्ता, समाचार
काठमाडौं । आइएमई पेले मोबाइल रिचार्जमा दिइरहेको क्यास ब्याकलाई निरन्तरता दिने भएको छ। आइएमईको २३ औं वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यास ब्याकलाई निरन्तरता दिने निर्णय भएको हो। केही समय यता सुरू गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिष्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन्।...
घोराही सिमेन्ट इण्डष्ट्रीले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै

घोराही सिमेन्ट इण्डष्ट्रीले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै

आर्थिक गतिविधि, उपभोक्ता, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न भएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि बाँडफाँट गरी बाँकी भएको सबै शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गर्नेछ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४...
आइफोन १६ को क्यामेरा डिजाइन कुन आइफोन जस्तै ?

आइफोन १६ को क्यामेरा डिजाइन कुन आइफोन जस्तै ?

उपभोक्ता, प्रमुख समाचार
काडमाडौं । आइफोन १५ सार्वजनिक अगाडी नै आइफोन १६ को विशेषताहरू पनि बाहिरिन थालेको छ। प्रविधिसम्बन्धी सूचना तथा जानकारी प्रकाशन गर्ने वेबसाइट ग्याजेट्स ३६० का अनुसार एप्पलले सन् २०२३ को सेप्टेम्बरमा आइफोन १५ सार्वजनिक गर्ने तयारी गरेको छ। यद्यपि उक्त मोडल सार्वजनिक हुनु अघि आइफोन १६ कै विशेषताहरू सार्वजनिक हुन थालेको हो। बाहिरिएको नयाँ जानकारीअनुसार आइफोन १६ सिरिजका फोनहरूमा आइफोन १२ को जस्तै क्यामेरा मोड्युल डिजाइन हुनेछ।आइफोन १६ मा ठाडो क्यामेरा लेआउट हुने अनुमान रहेको छ। सार्वजनिक हुने तयारीमा रहेको आइफोन १५ मा तेर्सो लेआउटको क्यामेरा हुनेछ। यसले गर्दा पनि आइफोन १५ र १६ मोडेलको फोन छुट्याउन सहयोग गर्नेछ। तर आइफोन १६ सन् २०२४ मा मात्रै सार्वजनिक हुने हुँदा यसमा परिवर्तन हुने सम्भावनहरू पनि धेरै रहेको बताइएको छ। एप्पलले आइफोन १२ को पछाडि भागमा डुअल क्यामेरा सेटअपसँगै एलइडी फ्...
सेल्सबेरीले गर्‍यो समर डिल अफर सार्वजनिक

सेल्सबेरीले गर्‍यो समर डिल अफर सार्वजनिक

आर्थिक गतिविधि, उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले समर डिल सार्वजनिक गरेको छ। कम्पनीले ३१ वटा शाखामार्फत ग्राहकका लागि यो अफर सार्वजनिक गरेको बताएको छ । यस अफर अन्तर्गत सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सेल्सबेरी एक्सप्रेस तथा सेलवेज पोखरामा विभिन्न खाद्य वस्तुहरू तथा घरायसी सामानहरूमा आकर्षक छुटहरू पनि प्राप्त गर्ने सेल्सबेरीले जानकारी दिएको छ। जेठ महिनालाई लक्षित गरी सार्वजनिक गरेको समर डिल योजनामा गर्मीमा उपभोग हुने सामग्रीहरू रहेको जानकारी दिएको छ। टिभी, फ्रिज, वासिङ मेसिन जस्ता घरायसी सामग्रीहरूमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने सेल्सबेरीले जानकारी दिएको छ। यो अफर २० जेठसम्म लागू हुने कम्पनीको भनाइ छ।...
आज विदेशी मुद्राको विनिमय दर कति छ ?

आज विदेशी मुद्राको विनिमय दर कति छ ?

उपभोक्ता, प्रमुख समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ८७ पैसा र बिक्री दर १३२ रूपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७९ पैसा र बिक्री दर १६४ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। जेठ ५ गतेको विदेशी विनिमयदर ...
लोकप्रिय स्मार्टफोन रेडमी १० २०२२ अब छुट मूल्यमा

लोकप्रिय स्मार्टफोन रेडमी १० २०२२ अब छुट मूल्यमा

आर्थिक गतिविधि, उपभोक्ता, समाचार
काठमाडौं । शाओमीले स्मार्टफोन रेडमी १० २०२२ नेपाली प्रयोगकर्ताहरूका लागि छुट मूल्यमा उपलब्द गराएको छ । जेठ २ देखि जेठ १७ गतेसम्म सो फोन खरिद गर्दा सिमित अवधिकालागि छुट मूल्यमाउपलब्ध गराउने भएको हो । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेडमी १० २०२२ मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जानकारी दिएको छ । “ग्राहकहरूले सुपथमूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वस्त छौं कि रेडमी १० २०२२को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ । ” शाओमीका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने । यो स्मार्टफोनमा ६.५ इन्चको एफएचडी प्लस डिस्प्ले रहेको छ । जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीकालागि इमर्सिभ अनुभवप्रदान गर्दछ । रेडमी १० २०२२पेबल सेतो, ...
टेलिकमको रोमिङ महसुल ४ गुणा घटाइयो, यस्तो छ आजदेखि लागू नयाँ दर

टेलिकमको रोमिङ महसुल ४ गुणा घटाइयो, यस्तो छ आजदेखि लागू नयाँ दर

आर्थिक गतिविधि, उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । नेपाल टेलिकमको रोमिङ महसुल ४ गुणा घटेको छ । टेलिकमले भारत र थाइल्यान्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको हो । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जानकारी दिएको छ । गत चैतमा भएको सञ्चारमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन् । निर्देशपछि लामो गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्यान्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिएका छन् । नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट ७ रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको ...
नेपाल टेलिकमले ल्यायो नमस्ते पे को क्युआर कोड, के छन् सुविधा ?

नेपाल टेलिकमले ल्यायो नमस्ते पे को क्युआर कोड, के छन् सुविधा ?

उपभोक्ता, समाचार
काठमाडौं । नेपाल टेलिकमले नमस्ते पे को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सकिन सुविधा ल्याएको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआरमार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको हो। नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमकाबीच सोमबार सो सेवा सुरू गरिएको टेलिकमले बताएको छ। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, वागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सिइओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे। सो अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरेका छन्। उनले भने, नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ। प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्युआर प्रयोग गर...
एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै

एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै

उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज ९जेठ १० गतेदेखि लागु गरिने भएको छ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ । ‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्न सक्नेछन् । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस  (mdms.nta.gov.np)मा दर्ता भएरनभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ । यस्तै, आयात...
नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण सुरू

नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण सुरू

आर्थिक गतिविधि, उपभोक्ता, समाचार
काठमाडौं । टाटा मोटर्सले मंगलबारबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण सुरू गरेको छ। यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप कम्पनीले नेक्सन इभी म्याक्स बजारमा ल्याएको हो। कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नँया गाडी ७.२ किलोवाट चार्जिङको व्यवस्था सहित ४६ लाख ४९ हजार रुपैयाँको मूल्यमा उपलब्ध छ। उत्कृष्ट एवम् दिगो ‘मोबिलिटी’ मा विश्वास राख्ने ग्राहकहरूलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्‍याउने अपेक्षा गरिएको छ। उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङहरूमा उपलब्ध छ। त्यसैगरी, स्ट्यान्डर्ड रङको रुपमा डुएल टन बडी पनि उपलब्ध छ। ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्र...