Thursday, October 16Nepal News Portal
Shadow

कृषि तथा वन

कफी खेतीमा युवा आकर्षित गर्नुपर्छः कृषिमन्त्री अधिकारी

कफी खेतीमा युवा आकर्षित गर्नुपर्छः कृषिमन्त्री अधिकारी

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन् । २०औं राष्ट्रिय कफी दिवसका अवसरमा शुक्रबार कीर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्गानिक कफी उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको जनाए । सार्वजनिक–निजी साझेदारीका साथै कफी मूल्य शृङ्खलाका सबै चरणमा संलग्न व्यक्ति, किसान, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताबीच समन्वय र सहकार्यको आवश्यक रहेको उनले बताए ।   मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । मन्त्रालयले कफी क्षेत्रको विकास तथा विस्तारका लागि ...
वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै

वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप) १६० लाई आज सम्बोधन गरेका छन् । वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने सम्मेलनमा मन्त्री शाहीले आज र भोलि अक्टोबर २९ तारिखमा हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गर्नेछन् । मन्त्री शाही यही कात्तिक १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।...
साढे २० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत

साढे २० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
काठमाडौं । देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये २० लाख ५० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको मन्त्रालयले बताएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले गत भदौ ९ गते सय दिनको कार्ययोजना सार्वजनिक गर्दा असोज मसान्तसम्ममा ३ लाख किसान सूचीकरण गर्ने बताएका थिए । तर असोज १० गतदेखि तीन दिनसम्म परेको वर्षाले ल्याएको बाढी, पहिरो र डुबानका कारण मन्त्रालयले लक्ष्य अनुसार काम गर्न नसकेको सोमबार पत्रकार सम्मेलनमा बताएका छन् । महिना दिनमा १ लाख ३५ हजार मात्र किसान सूचीकरण भएको उनको भनाई छ । किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसान लाई उपलब्ध गराउने सेवा, सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको मन्त्रालयले जनाएको छ ।...
जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदानः मन्त्री अधिकारी

जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदानः मन्त्री अधिकारी

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
    काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जैविक विविधताले कृषिको दिगोपनामा महत्वपूर्ण योगदान गर्ने बताएका छन् । बिहीबार इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुने क्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको नेपाली टोली सहभागी भएको हो । मञ्चको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरे । नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्प...
खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न नार्कको आग्रह

खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न नार्कको आग्रह

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरेको छ । कृषि मौसम सल्लाह बुलेटिन मार्फत खाद्यान्न, फलफूल र तरकारी बालीमा पानी जम्न नदिन पानी निकासको उचित व्यवस्था गर्न नार्कले आग्रह गरेको हो । विभिन्न तरकारीबालीहरुको नर्सरी ब्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले पानी निकासको उचित प्रबन्ध गर्न भनिएको छ । यस्तै, साताभरि नै मनसुनी वायुको प्रभावका कारणले पानी परी खेतबारीहरूमा पानी जम्ने वा हुने बाढीमा मुसा, छुचुन्द्रो आदिको मलमूत्रबाट सर्ने लेप्टोस्पाईरोसिस जस्ता मानिसमा पनि सर्न सक्ने जीवाणुहरू प्रशस्त मात्रामा पाइन सक्ने हुँदा, खेतबारीमा जाँदा बुट लगाएर मात्र जान नार्कको आग्रह छ । यस्तै, चिसो ठाउँमा भण्डारण गरेको दाना र परालमा ढुसीको सङ्क्रमण हुन गई पशुवस्तुको पाचनक्रियामा समस्या आउनुका साथै विष उत्पन्न भई पशुवस्तु ...
वातावरण प्रदुषणबारे सरकार संवेदनशील छः मन्त्री ठकुरी

वातावरण प्रदुषणबारे सरकार संवेदनशील छः मन्त्री ठकुरी

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण प्रदूषणबारे सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबार राजधानीमा वायु प्रदुषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले सो कुरा बताएका हुन् । ‘जो जोलाई असर पारेको छ,’ उनले भने, ‘उहाँप्रति हामी यी विषयलाई सम्बोधन गर्न नीतिगत र संस्थागत सुधार गरेर जाँदैछौँ ।’ मन्त्री ठकुरीले त्यसका लागि स्थानीय सरकार, स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला निकायसँग पनि समन्वय गर्ने बताए । नेपालमा वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा बढी असर पारेको आयोजक पक्षको दाबी छ...
चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउने कृषिमन्त्रीको प्रतिबद्धता

चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउने कृषिमन्त्रीको प्रतिबद्धता

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारीकरणका लागि चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरूको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारीकरणका लागि भारतिय बजारको विकल्प खोज्नुपर्ने बेला भएको जनाए । उनले भने, ‘नेपालको अर्थोडक्स चिया हाम्रो परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा हो । नेपाली अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाहरूको बिचमा उभिन सक्ने सम्भावना राख्दछ । अब नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नु पर्दछ । यसको लागि चियाको अक्सन विकल्प हुन सक्ने महसुस गरेको छु । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउ...

कृषि मन्त्रालयका प्राविधिक कर्मचारी आन्दोलित

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार पनि धर्ना जारी राखेका छन् । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिँदै आएका छन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ । चालु आर्थिक वर्षको अन्तिम समय भएकाले आफूहरुले काम नगरेपछि सरकारलाई दबाब सिर्जना भएको उनीहरुको दाबी छ ।...

नार्कले कृषि अनुसन्धानमा राम्रो नतिजा दिन सकेनः मन्त्री साह

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
काठमाडौँ । कृषि तथा पशुपछी विकासमन्त्री ज्वाला कुमारी साहले कृषि क्षेत्रमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले राम्रो नतिजा दिन नसकेको गुनासो गरेकी छन् । नार्क अन्तर्गत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रको ११ औँ राष्ट्रिय  कार्यशाला गोष्ठीमा मन्त्री साहले कृषि क्षेत्रमा नार्कका वैज्ञानिकले रिजल्ट आउने गरी काम नगरेको गुनासो गरेकी हुन् । ‘नार्कका वैज्ञानिक साथीहरूले रिजल्ट आउने गरी काम गर्नुपर्‍यो,’ उनले भनिन्, ‘छोटो समयावधिका लागि कार्ययोजना बनाएर ३ महिना वा ६ महिनामा रिजल्ट दिन्छु भनेर लाग्नु पर्‍यो ।’ यस्तै मन्त्री साहले कृषि क्षेत्रमा कार्यरत कर्मचारी समान रूपले वैदेशिक भ्रमणमा जान मिल्ने गरी मापदण्ड बनाउने बताइन् । ‘मापदण्ड बनाएर सबै कर्मचारीलाई समान तरिकाले विदेश जाने परिपाटि ल्याउनु पर्छ,’ उनले भनिन्, ‘वैदेशिक भ्रमणमा कति गएका छन्, एक जना कति पटक गएका छन्, नियाल्न प...
वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड विनियोजन

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड विनियोजन

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जनाएका हुन् । उनले वायु प्रदूषण नियन्त्रण एवं नियमनका लागि काम गरिने जनाए । उनले मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने जनाए ।...