Saturday, April 27Nepal News Portal
Shadow

कृषि तथा वन

परम्परागत खेतिबाट आधुतिकतर्फ कृषि व्यवसाय

परम्परागत खेतिबाट आधुतिकतर्फ कृषि व्यवसाय

कृषि तथा वन, ब्यानर, समाचार
काठमाडौं । अहिले खेतीको शिजन हो । विभिन्न स्थानमा अहिले धान रोप्ने काम भइरहेको छ । तर, पानी नपरेर कतिपय स्थानका कृषक चिन्तित छन् भने कतिमय कृषक समयमा मल नपाएर अहिले निराशमा छन् । मल बाहिरी देशबाट आपूर्ति गर्नुुपर्ने हुँदा नेपालसम्म आइपुग्न करिब ६ महिना लाग्ने कृषि विभागका महानिर्देशक डा. हरि बहादुर के.सी बताउँछन् । “कहिले काही हामीकहाँ बजेटको सुनिश्चितता हुँदैन । कहिले ठेकेदारले मल ल्याउन ढिला गर्छन् । यसकारण समयमा मल आउँदैन,” उनले भने, “यो वर्ष भने मन्त्रालयले चाँडो गरिदिएको छ । समयमै मल पु¥याउने प्रयास भइरहेको छ ।” केसीकाअनुसार अहिले कृषकहरूले कृषि व्यवसायलाई नै परिवर्तन गरेका छन् । उनीहरूले व्यावसायीक कृषिका ठुला–ठुला फमहरू सञ्चालनमा ल्याइसकेका छन् । केसी भन्छन्, “ड्राइगन फुड नेपालमा थिएन तर अहिले धेरै ठाउँमा यसकको व्यावसाय गर्न थालेका छन् ।” उनले किवी खेति पनि नेपालमा भित्रिएक...
सरकारले भ्याट लगाएपछि व्यवसायीले आलु र प्याजको आयात रोके

सरकारले भ्याट लगाएपछि व्यवसायीले आलु र प्याजको आयात रोके

आर्थिक गतिविधि, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । व्यवसायीले आलु र प्याजको आयात रोकेका छन् । सरकारले आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै अहिले भारतबाट प्याज र आलु आयात नगरेको व्यवसायीहरुले बताएका हुन् । भ्याट सुरु भएकारण १-२ हप्तादेखी व्यावसाय बन्द गरेर बसेको कुरा नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले बताए । दैनिक उपभोग गरिने आलु तथा प्याजमा लगाइएको भ्याटले भान्सा महँगिने भन्दै यसलाई खारेज गर्नुपर्ने उनको माग छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यी वस्तुमा लगाइएको भ्याट हटाउनुपर्ने व्यवसायीले माग गरे । ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा सरकारलाई भ्याट तिर्नुपर्ने भएकाले यसले व्यवसायीलाई असहज बनाएको उनीहरूको भनाइ छ । आयातकर्ताले डिलरलाई यस्ता वस्तु दिँदा भ्याटमा दर्ता भएको हुनुपर्ने भएकाले आलु र प्याज आयात गर्न नसकेको संघका महास...
‘विनोद चौधरी जब पर्‍यो राति तब बूढी ताती’ भनेझैँ धान रोप्न सुरु हुँदा सरकार मल खोज्न दौडन्छ

‘विनोद चौधरी जब पर्‍यो राति तब बूढी ताती’ भनेझैँ धान रोप्न सुरु हुँदा सरकार मल खोज्न दौडन्छ

आर्थिक गतिविधि, कृषि तथा वन, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले अझै पनि किसानका लागि मलको समस्या समाधान गर्न नसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले सरकारले कहिल्यै किसानलाई समयमै मल दिन नसकेको बताएका हुन् । उनले भने, “किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ । जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ । जब पर्‍यो राति तब ताती बूढी भन्ने हाम्रो उखान नै छ ।” यस्तो प्रवृत्तिलाई कायम राखी किसानको मुहारमा खुसी ल्याउन नसकिने उनको भनाइ छ । ‘उत्पादन साथमा अनुदानमा हातमा’, ‘एक स्वास्थ्य संस्था एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै,’ ‘नेपाल घुमौँ नेपाल चिनौँ’ जस्ता नाराले बजेटको दृष्टिकोण प्रस्ट्याएको उनले बताए । तर, त्यसको कार्यान्वयनप्रति उनले आशंका व्यक्त गरे । रासायनिक मल र सिँचाइको अभाव, महँगो ज्यालाका कारण नेपालको उत्पादन छिमेकी मुलुकको...
आज २३औँ विश्व दूध दिवस

आज २३औँ विश्व दूध दिवस

कृषि तथा वन, समाचार, समाज
काठमाडौं । आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो । दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्...
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्ने

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्ने

आर्थिक गतिविधि, कृषि तथा वन, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपाल) को योगदान घट्ने भएको छ। २०७९/८० को आर्थिक सर्वेक्षणले यो आर्थिक वर्ष (वर्ष)मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ०.६ प्रतिशतले घट्ने अनुमान गरेको हो। गत आर्थिक वर्ष २०७८/७९ मा यस्तो योगदान २४.७ प्रतिशत थियो भने यो वर्ष २४.१ प्रतिशत रहने अनुमान गरिएको छ। धान लगायत वर्षे बालीको उत्पादनमा वृद्धि भएता पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि हुने अनुमान छ।...
विदेशबाट फर्केर ज्वाइँ–जेठानले शुरु गरेको तरकारी खेती

विदेशबाट फर्केर ज्वाइँ–जेठानले शुरु गरेको तरकारी खेती

उत्पादनमूलक, उपभोक्ता, कृषि तथा वन, ब्यानर, समाचार
काठमाडौं। कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । कुँडुलेका अधिकांश युवाशक्ति विदेशमा छन् । यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिकरूपमा प्रयोग गरेका छन् । युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकेको छ । गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिकामात्रै छन् । पौडेल र सुवेदी ज्वाइँ–जेठान हुन् । पौडेल पनि विदेशमा हण्डर खाएर फर्किएपछि व्यावसायिक तरकारी खेती गर्ने सोच आएको हो । तेत्तीस वर्षीय प्रकाशसँग तीन वर्ष अफगानिस्तान र तीन वर्ष मलेसियामा प...
कृषिमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन सीडीओसँग माग

कृषिमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन सीडीओसँग माग

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । कृषि क्षेत्रमा अनुदान कटौती गर्ने निर्णय अविलम्ब फिर्ता लिन नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले माग गरेको छ । जिल्ला कार्यसमिति, रुपन्देहीले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै सरकारले गरेको यो निणर्यले समग्र कृषि क्षेत्र र आम उपभोक्ता मारमा परेको भन्दै महासंघले निणर्य फिर्ता लिन माग गरेको हो । ‘किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुका सट्टा उनीहरूलाई थप मारमा पर्ने गरी आएको सरकारको यसप्रकारको गैरजिम्मेवार निर्णयप्रति अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देही खेद प्रकट गर्दै घोर भ्रत्सना गर्दछ, ज्ञापनपत्रमा उल्लेख छ । ब्नबलष् न्चयगउ माग सम्बोधन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुने र यसको जिम्मेवार सरकार हुने अखि...
किसान संगठनहरुले मलमा अनुदान कटौती गर्ने निर्णयविरुद्ध आन्दोलन गर्ने

किसान संगठनहरुले मलमा अनुदान कटौती गर्ने निर्णयविरुद्ध आन्दोलन गर्ने

उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेपछि आन्दोलनको घोषणा गरिएको छ । कांग्रेस–एमालेसहितका किसान संघ, संगठनहरुले मलका दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । बुधबार काठमाडौंको बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले आन्दोलन गर्ने निर्णय गरेको हो । पत्रकार सम्मेलनमा उक्त माग तत्काल सम्बोधन गराउनका लागि दबाब स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ । किसानहरुलाई दिइँदै आएको एक मात्रै सो अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीय स्तरमा संयुक्त किसान...
कृषिमा विदेशी लगानी ल्याउन पाउने सर्वोच्चको निर्णयमा नेपाल डेरी एसोसिएसनले जनाए असहमति

कृषिमा विदेशी लगानी ल्याउन पाउने सर्वोच्चको निर्णयमा नेपाल डेरी एसोसिएसनले जनाए असहमति

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । कृषिमा विदेशी लगानी ल्याउन पाउने भन्ने सर्वोच्च अदालतको निर्णयमा नेपाल डेरी एसोसिएसनले असहमति जनाएको छ। केही ठूला लगानीकर्ताहरूको पहलमा विशेष गरी साना कृषि क्षेत्रको हितलाई प्रतिकूल हुनेगरी विदेशी लगानी ल्याउन लागेको भन्दै डेरी एसोसिएसनले असहमति जानकारी दिएको हो। सर्वोच्च अदालतले २०७९ जेठ २० गते कृषिमा विदेशी लगानी गर्न पाउने गरी फैसला गरेको थियो। कृषिमा विदेशी लगानी खुलाउँदा देशको कृषि प्रणाली नै खलबलिने एसोसिएसनको भनाइ छ। कुनै पनि क्षेत्रमा वैदेशिक लगानी ल्याउने भनेको त्यो क्षेत्रमा आम जनता र देशले लगानी गर्न नसक्दा मात्र हो। यहाँ लगानीको कमि भएको होइन। यहाँ कृषि क्षेत्रमा लगानीको ग्यारेन्टी नभएको हो, एसोसिएसनद्वारा जारी विज्ञप्तीमा भनिएको छ। हाम्रो देशको कृषि क्षेत्रमा वैदेशिक लगानी होइन बरू प्रविधिको आवश्यक छ। यहाँ वैदेशिक लगानी सम्मेलन गरिन्छ अनि अनेकौं सुविध...
लमसुङको मरेनीमा बहुउद्देश्यीय कृषक समूहद्वारा बाँझो जग्गामा सामूहिक आलु खेती

लमसुङको मरेनीमा बहुउद्देश्यीय कृषक समूहद्वारा बाँझो जग्गामा सामूहिक आलु खेती

उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं। म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले सामूहिक आलु खेती सुरु गरेका छन्। लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन्। १ महिनादेखि बाँझो जग्गाको झाडी फडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताएका छन्। उनका अनुसार, समूहमा आबद्ध १८ जनाले व्यावसायिक रूपमा सामूहिक आलु खेती गरिएको छ। यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ। मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको हो। गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रुपमा आलु खेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिएका हुन्। “बाँझो ...