Friday, May 10Nepal News Portal
Shadow

कृषि तथा वन

लमसुङको मरेनीमा बहुउद्देश्यीय कृषक समूहद्वारा बाँझो जग्गामा सामूहिक आलु खेती

लमसुङको मरेनीमा बहुउद्देश्यीय कृषक समूहद्वारा बाँझो जग्गामा सामूहिक आलु खेती

उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं। म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले सामूहिक आलु खेती सुरु गरेका छन्। लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन्। १ महिनादेखि बाँझो जग्गाको झाडी फडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताएका छन्। उनका अनुसार, समूहमा आबद्ध १८ जनाले व्यावसायिक रूपमा सामूहिक आलु खेती गरिएको छ। यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ। मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको हो। गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रुपमा आलु खेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिएका हुन्। “बाँझो ...
यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य 

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य 

आर्थिक गतिविधि, कृषि तथा वन, समाचार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ । जसअनुसार बुधबार (आज) कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २ सय रुपैयाँ, हरियो अंगुर १ सय २० रुपैयाँ, नेपाली सुन्तला १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ र अमला ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भईरको छ । लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्ये च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, ति...
आर्थिक वृद्धिको बलियो आधार कृषि क्षेत्रलाई

आर्थिक वृद्धिको बलियो आधार कृषि क्षेत्रलाई

उत्पादनमूलक, कृषि तथा वन
काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार(आज) संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने जानकारी दिएकी छिन् । भन्डारीले खाद्य वस्तुको उत्पादन बढाउने र लागत मूल्य घटाउने गरी कार्यक्रम ल्याउने बताइन् । त्यस्तै, सरकारले बिउबिजनमा आत्मनिर्भर हुने र जलवायु परिवर्तनका असरलाई धान्न सक्ने बालीको अनुसन्धानमा लगानी गर्ने, अर्गानिक खेतीमा लगानी प्रवर्द्धन गर्ने, बाँझो जग्गा सदुपयोग गरी मूल्य श्रृंखलामा आधारित सामूहिक र सहकारी खेती प्रणालीलाई प्रोत्साहित गर्ने नीति लिएको छ । त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमको आवधिक समीक्षा गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव...
किसान सूचीकरणका लागि २३ करोड खर्च, १ लाख २२ हजार कृषक सूचीकृत

किसान सूचीकरणका लागि २३ करोड खर्च, १ लाख २२ हजार कृषक सूचीकृत

कृषि तथा वन, ब्यानर, समाचार
काठमाडौं । सरकारले कृषक सूचीकरणका लागि २३ करोड रुपैयाँ खर्च गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ र चालु आर्थिक वर्ष २०७८÷७९ को पुससम्ममा गरी किसान सूचीकरणका लागि २३ करोड रुपैयाँ खर्च गरेको हो । २३ करोड रुपैयाँ खर्च हुँदा सरकारले तयार गरेको प्रणालीमा हालसम्म १ लाख २२ हजार ६० कृषक मात्र कृषक सूचीकृत भएको मन्त्रालयले जनाएको छ । हालसम्म सरकारले कृषक सूचीकरण कार्यका लागि ४६ करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयले जानकारी दिएको छ । विनियोजन गरिएको रकममध्ये आधा खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । गत आर्थिक वर्षदेखि सरकारले किसान सूचीकरण कार्य संचालन गर्न प्रत्येक स्थानीय तहलाई ३ लाख रुपैयाँका दरले रकम विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि सरकारले ३ लाखका दरले उक्त कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरेको छ । कृषक सूचीकरण सम्पन्न भए प...
किसानलाई पेन्सन दिन माग

किसानलाई पेन्सन दिन माग

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । अखिल नेपाल किसान महासंघले किसानलाई पेन्सन सुविधा माग गरेको छ । भरतपुरमा आयोजित महासंघको राष्ट्रिय भेलामा केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले सरकारी जागिरमा जस्तै किसानलाई पनि पेन्सन सुविधा दिनुपर्ने बताए । राष्ट्रलाई योयदान गरेको भन्दै जागिर खानेलाई सरकारले पेन्सन दिने तर किसानलाई वेवास्ता गरेको उनको भनाइ छ । उनले भने, ‘जीवनभर रगत–पसिना सिञ्चित गरेर अर्थतन्त्र उकास्ने किसानलाई पनि अब पेन्सन दिनुपर्छ, किसान आन्दोलनको मुख्य माग नै यही हो ।’ उनले किसानको वर्गीकरण, सूचीकरण गरेर परिचयपत्रको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । ‘अब क्रेडिट, स्मार्ट कार्ढ किसानलाई दिनुपर्छ’, उनले भने, ‘राज्यका अनुदान परिचयपत्रका आधारमा वितरण हुनुपर्छ ।’ उनले धानको मूल्य समेत बढाउन माग गरेका छन् । सरकारले गत वर्षको तुलनामा १७ रुपैयाँ मात्रै बढाएर धानको मूल्य तोकेको भन्दै उनले गत वर्षभन्दा कम...
सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु

सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु

कृषि तथा वन, प्रमुख समाचार, समाचार
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा साप्ताहिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले श्रावण २० देखि २६ गतेसम्म सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज पत्रकार सम्मेलनको आयोजना गरी यस वर्ष “सामुदायिक वनको सम्पत्ति ः समृद्धि, प्रकृति र सस्ंकृति” भन्ने नाराका सहित सुरुवात गरेको हो । भर्चुअल माध्यममार्फत वोल्दै महासंघका अध्यक्ष भारती पाठकले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले पुराएको योगदानको चर्चा गरिन् । सामुदायिक वनका कारण स्थानीय समुदायले आफ्नो संस्कृति र परम्परागत एवं प्रथाजनित मूल्य मान्यताका आधारमा वन संरक्षणमा उल्लेखनीय योगदान गर्दै आएको बताइन् । नेपालमा सामुदायिक वनको अवधारणा अवलम्बन गर्नुपूर्व वन व्यवस्थापनका लागि विभन्नि विधि, पद्धत्ति र प्रणालीको अभ्यास, प्रयास र प्रयोग भएता पनि निरन्तर रुपमा वन विनास भईरहेको स्मरण गर्दे आजसम्म आइपुग...
कास्कीको मादी गाउँपालिकाका किसानलाई हाते ट्र्याक्टर वितरण

कास्कीको मादी गाउँपालिकाका किसानलाई हाते ट्र्याक्टर वितरण

कृषि तथा वन, ब्यानर
काठमाडौं । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा २४ वटा हातेट्र्याक्टर वितरण गरेको हो । गाउँपालिकाको १ देखि १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा संलग्न सङ्घ संस्थाबाट प्रस्ताव आह्वान गरिएकामा ६१ जनाले माग गरेका थिए । पहिलो चरणमा ‘सात हर्सपावर’का २४ वटा ट्र्याक्टर कृषकलाई उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । प्रति ट्र्याक्टर रु ५४ हजार मूल्यमा कृषकहरूले ५० प्रतिशत साझेदारी गरेका छन् । अध्यक्ष गुरुङका अनुसार कृषकको व्यावसायिक योजनाको मूल्याङ्कनका आधारमा थप १७ कृषकलाई दोस्रो चरणमा ट्र्याक्ट...
गैँडाकोट नगरपालिकाद्वारा मकै खेती प्रवद्र्धन गर्ने किसानलाई ३६ लाख अनुदान

गैँडाकोट नगरपालिकाद्वारा मकै खेती प्रवद्र्धन गर्ने किसानलाई ३६ लाख अनुदान

कृषि तथा वन, ब्यानर
काठमाडौं । नवलपरासीको गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ । मकै प्रवद्र्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को स्वीकृत सङ्घीय मकै प्रवद्र्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताए । कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तीमा ४६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उनले बताए । मकै खेती लगाएवापत नगरपालिकाका तर्फबाट ३५ लाख ८८ हजार विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता...
किसानले उखु बिक्री गरेको १५ दिनभित्र अनुदान रकम पाउने

किसानले उखु बिक्री गरेको १५ दिनभित्र अनुदान रकम पाउने

उद्योग, उपभोक्ता, कृषि तथा वन
काठमाडौं । किसानले उखु बिक्री गरेको १५ दिनभित्र अनुदानको रकम पाउने भएका छन् । सरकारले आ.व .२०७८/७९ को बजेट भाषणमा उखु बिक्री भएको १५ दिनभित्र किसानलाई अनुदान रकम उपलब्ध गराउने जनाएसँगै किसानले रकम प्राप्त गर्ने भएका हुन् । सरकारले आगामी आ.व .मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड बजेट छुट्याएको छ । त्यसमध्ये ८४ करोड रुपैयाँ उखु किसानलाई अनुदान दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।  ...
निषेधाज्ञाकै बीच बंगलादेशबाट २२ हजार ५०० टन मल नेपाल भित्रियो

निषेधाज्ञाकै बीच बंगलादेशबाट २२ हजार ५०० टन मल नेपाल भित्रियो

उद्योग, कृषि तथा वन, ब्यानर
काठमाडौं । सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मलमध्ये आधा नेपाल भित्रिएको छ । बंगलादेशसँग कुल ५० हजार टन युरिया किनिएकामा त्यसमध्ये पहिलो लटको २२ हजार ५ सय टन मल चरणबद्ध रूपमा नेपाल भित्रिएको कृषि सामग्री कम्पनीको प्रदेशस्तरीय कार्यालय वीरगन्ज प्रमुख गोरखनाथ केसीले जानकारी दिए । ‘२२ हजार ५ सय टनमध्ये १० हजार टन युरिया निषेधाज्ञा अवधिमै भित्रिएको छ,’ उनले भने, ‘बंगलादेशबाट आउने बाँकी २५ हजार टन युरिया पनि चरणबद्ध रूपमा भित्रिनेछ ।’ मुलुकका प्रायः जिल्लामा निषेधाज्ञा जारी रहे पनि मल भित्रिने र परिचालन गर्ने काममा खासै प्रभाव नपरेको केसीको दाबी छ । ‘निषेधाज्ञा अवधिमै माग भएका जिल्लामा युरिया र डीएपी मल परिचालन भइरहेको छ,’ उनले भने, ‘धुलिखेल, काठमाडौं, चितवन, पोखरा, पर्वत र कावासोतीमा यसै अवधिमा युरिया र डीएपी मल पठाइएको छ ।’ हाल कार्यालयसँग १८ हजार टन डीएपी, २ हजार २ सय टन युरिया र १...