Friday, May 10Nepal News Portal
Shadow

प्रदेश

मुस्ताङका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पाए ९४ करोड रुपैयाँ अनुदान

मुस्ताङका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पाए ९४ करोड रुपैयाँ अनुदान

प्रदेश, समाचार
काठमाडौं। सङ्घीय सरकारबाट मुस्ताङ जिल्लाका स्थानीय तहहरूले आगामी आव २०७९÷८० का लागि ९४ करोड रुपैयाँ अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले रु ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा ७९ करोड तीन लाख रुपैयाँ र पूँजीगततर्फ १४ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् । स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् ।...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

प्रदेश, समाचार
काठमाडौं । आज सातवटै प्रदेशका केही स्थानमा पानी पर्ने भएको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दीएको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

प्रदेश, समाचार
काठमाडौं । बिहीबार(आज) देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो । राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ भने अन्य प्रदेशका पहाडी भूभागका पनि वर्षा हुने अनुमान गरियको छ ।...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

प्रदेश, समाचार
काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव देखिएको छ। प्रदेश न. १ र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मंगलबार (आज) देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन तथा चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
भोजपुरको पौवादुङको अध्यक्षमा किरण राई निर्वाचित

भोजपुरको पौवादुङको अध्यक्षमा किरण राई निर्वाचित

प्रदेश, प्रदेश १, राजनीति
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका किरण राई २ हजार ४९९ मतसहित निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २ हजार ४०६ मत ल्याएर निर्वाचित भएकी छन् । त्यस्तै, अध्यक्षमा माओवादी केन्द्रका नगेन्द्र भुजेल १ हजार ६८८ मतसहित दोस्रो स्थानमा र नेपाली कांग्रेसका मनोज कार्की १ हजार ३७१ मतसहितत तेस्रो भएका छन् भने उपाध्यक्षमा माओवादीकी सम्झना राईले १ हजार ७६९ मत प्राप्त गरेकी छिन् । तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले १ हजार ३८७ मत प्राप्त गरिन् ।...
नेपाल भ्रमणमा आउँदै नरेन्द्र मोदी

नेपाल भ्रमणमा आउँदै नरेन्द्र मोदी

प्रदेश, राजनीति, समाचार
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार (आज) नेपालको औपचारिक भ्रमणका लागि लुम्बिनी आउँदैछन्। ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी भारतबाटै सिधै लुम्बिनी आउन लागेका हुन्। मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी पुगेर बसेका छन्। लुम्बिनीमा दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव लगायत छन्।...
त्रिविले हप्तामा २ पटक बिदा नदिने

त्रिविले हप्तामा २ पटक बिदा नदिने

प्रदेश, प्रदेश १, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने बताएको छ । कोभिडका असरका कारणले शैक्षिक सत्र ढिलो भएको र पठनपाठन कार्य तथा परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै हप्तामा दुई दिन बिदा नदिने त्रिविले बताएको हो । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी गराएको छ । जारी सुचनामा भनिएको छ,‘विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू स...
१६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइयो

१६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइयो

प्रदेश, बागमती प्रदेश, समाचार, समाज
काठमाडौं । शनिबार एक कार्यक्रम आयोजना गरी १६ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ । काठमाडौंको होटल हार्दिकको सभाकक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठ रहेकी थिइन । त्यसैगरी अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार,थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा प्रसाद पाठक, संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मी,समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकाली रहेका थिए । आफ्नो दुई हात र एउटा खुट्टा गु्माएकी कार्यक्रमकी प्रमुख अतिथि कमला श्रेष्ठले कार्यक्रमका सभापति तथा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा लेखिएको शब्द रहेको गीत गाएर १६...
चालु आर्थिक वर्षको ६ महिना वित्यो, अझै १६ स्थानीय तहले बजेट ल्याएनन्

चालु आर्थिक वर्षको ६ महिना वित्यो, अझै १६ स्थानीय तहले बजेट ल्याएनन्

प्रदेश, प्रमुख समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना वितिसकेको छ । आर्थिक वर्षको आधा वर्ष सकिँदा पनि १६ स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्त्रय प्रशासन मन्त्रालयका अनुसार ७५३ वटा स्थानीय तहमध्ये ७३७ वटा स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । बाँकी १६ वटा स्थानीय तहले भने आर्थिक वर्षको ६ महिना वितिसक्दा बजेट ल्याएका छैनन् । बजेट नल्याउँनेमा प्रदेश नं. २ (मधेस प्रदेश)का १५ वटा रहेका छन् । त्यस्तै बागमति प्रदेशको एक स्थानीय तहले हालसम्म बजेट पेस गरेको छैन् । बजेट हालसम्म पेस नगर्ने बागमति प्रदेशअन्तर्गत पर्ने रामेछापको लिखुतामाकोशी गाउँपालिका रहेको छ । यो प्रदेशअन्तर्गत पर्ने ११९ वटा स्थानीय तहमध्ये ११८ स्थानीय तहले बजेट ल्याएका छन् । प्रदेश नं. २ का १३६ स्थानीय तहमध्ये १५ स्थानीय तहले अझै बजेट पेस गरेका छैनन् । बाँकी १२१ वटा स्थानीय तहले भने बजेट पेस गरेक...
जात्रा व्यवस्थापन समाज र रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम

जात्रा व्यवस्थापन समाज र रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम

प्रदेश, प्रमुख समाचार, समाचार
काठमाडौं । श्री लाखे आजु जात्रा व्यवस्थापन समाज र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिद्वारा संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा स्थानीय चिकंमु त्वाःमा बिशेष रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । समाज ‘अठार वर्ष पैतालिस किलो, रक्तदान गर्न नगरौं ढिलो’ र ‘न बन्छ यो कारखानामा, न बग्छ यो खोलानालामा’ सन्देशसहित रक्तदान कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहभागीता जनाउँदै आईरहेको छ । हाल बिश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड–१९ ले नेपालमा रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न र गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै यस्ता कार्यक्रम गर्दै आएको छ । ...