Monday, May 20Nepal News Portal
Shadow

प्रदेश

चालु आर्थिक वर्षको ६ महिना वित्यो, अझै १६ स्थानीय तहले बजेट ल्याएनन्

चालु आर्थिक वर्षको ६ महिना वित्यो, अझै १६ स्थानीय तहले बजेट ल्याएनन्

प्रदेश, प्रमुख समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना वितिसकेको छ । आर्थिक वर्षको आधा वर्ष सकिँदा पनि १६ स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्त्रय प्रशासन मन्त्रालयका अनुसार ७५३ वटा स्थानीय तहमध्ये ७३७ वटा स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । बाँकी १६ वटा स्थानीय तहले भने आर्थिक वर्षको ६ महिना वितिसक्दा बजेट ल्याएका छैनन् । बजेट नल्याउँनेमा प्रदेश नं. २ (मधेस प्रदेश)का १५ वटा रहेका छन् । त्यस्तै बागमति प्रदेशको एक स्थानीय तहले हालसम्म बजेट पेस गरेको छैन् । बजेट हालसम्म पेस नगर्ने बागमति प्रदेशअन्तर्गत पर्ने रामेछापको लिखुतामाकोशी गाउँपालिका रहेको छ । यो प्रदेशअन्तर्गत पर्ने ११९ वटा स्थानीय तहमध्ये ११८ स्थानीय तहले बजेट ल्याएका छन् । प्रदेश नं. २ का १३६ स्थानीय तहमध्ये १५ स्थानीय तहले अझै बजेट पेस गरेका छैनन् । बाँकी १२१ वटा स्थानीय तहले भने बजेट पेस गरेक...
जात्रा व्यवस्थापन समाज र रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम

जात्रा व्यवस्थापन समाज र रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम

प्रदेश, प्रमुख समाचार, समाचार
काठमाडौं । श्री लाखे आजु जात्रा व्यवस्थापन समाज र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिद्वारा संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा स्थानीय चिकंमु त्वाःमा बिशेष रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । समाज ‘अठार वर्ष पैतालिस किलो, रक्तदान गर्न नगरौं ढिलो’ र ‘न बन्छ यो कारखानामा, न बग्छ यो खोलानालामा’ सन्देशसहित रक्तदान कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहभागीता जनाउँदै आईरहेको छ । हाल बिश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड–१९ ले नेपालमा रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न र गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै यस्ता कार्यक्रम गर्दै आएको छ । ...
देशभरको मौसम बदली, पहाडी भेगमा हिमपातको सम्भावना

देशभरको मौसम बदली, पहाडी भेगमा हिमपातको सम्भावना

प्रदेश, प्रमुख समाचार
काठमाडौं । आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका केही भूभागमा आज पनि वर्षा हुने भएको हो। अहिले वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।...
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, बागमती प्रदेश, समाचार
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिद्वारा काभ्रेस्थली, काठमाडौं बागमती प्रदेशमा एक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न÷गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम शनिबार आयोजना गरिएको हो । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त९तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि कार्यक्रम आयोजना गरिएको बताइएको छ । सो रक्तदान कार्यक्रममा महिला, पुरूष गरि जम्मा ४७ जनाले रक्तदान गरेका थिए । प्रमुख अतिथि कर्माचार्यले रक्तदान गर्ने स्वयंसेवी रकदाताहरूलाई स...
धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

प्रदेश, समाचार
काठमाडौं । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन (अस्थाई) चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । चालक अनुमतिपत्र वितरण शुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ । परीक्षणकालीन लाइसेन्स पाएपछि सेवाग्राहीले खुशी प्रकट गर्दै अब सवारीसाधन चलाउँदा केही सहज हुने प्रतिक्रिया दिएका छन् ।...
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वार रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वार रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, बागमती प्रदेश
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले रातो मच्छिन्द्रनाथको भोटो देखाउने पवित्र धार्मिक स्थल ललितपुरस्थित जावलाखेलमा लायन्स क्लब अफ काठमाडौं, युनाइटेड सेन्ट्रल र रिलायन्स फाइनान्स लिमिटेडको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि उक्त कार्यक्रम आयोजना गरिएको हो । हालैमात्र लोकार्पण गरिएको ‘अठार वर्ष,पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ बोलको गीतले साँगीतिक गुञ्जयमानका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ जना महिला तथा पुरूषले रक्तदान गरेका थिए । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा उक्त रक्तदान...
कर्णाली प्रदेशमा १०० जनालाई रोजगारी दिने कम्पनीलाई आयकर छुट

कर्णाली प्रदेशमा १०० जनालाई रोजगारी दिने कम्पनीलाई आयकर छुट

उद्योग, उपभोक्ता, कर्णाली प्रदेश, प्रदेश, प्रमुख समाचार
काठमाडौं । कर्णाली प्रदेशमा स्थापना भएर एक १०० जना नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने कम्पनीले १५ वर्षसम्म आयकर छुट पाउने भएका छन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन आर्थिक विधेयक मार्फत सो छुट दिने प्रस्ताव गरेका हुन् । आयकर ऐनको दफा ११ को उपदफा ३ को खण्ड (ख) मा थप व्यवस्था गर्दै यो सुविधा दिने प्रस्ताव गरिएको हो ।...
साथी मार्ट ७६ औं आउटलेट मैतिदेवीमा

साथी मार्ट ७६ औं आउटलेट मैतिदेवीमा

प्रदेश, बागमती प्रदेश, समाचार
काठमाडौं । नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा दिंदै आएको साथी मार्टले काठमाडौको मैतिदेवीमा ७६ औं आउटलेट सञ्चालनमा ल्याएको छ । साथी मार्टको मैतिदेवी आउटलेट फ्रेन्चाइज नभइ साथी मार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्व (कोको मोडल) मा रहेको बताइएको छ । उपभोक्ताले साथी मार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्ने पनि बताइएको छ । स्टोरबाट ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छूट फल्यास सेल, डिल अफ द मन्थजस्ता अफर गरि सहुलियत पाउने छन् । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुने कम्पनीले बताएको छ । आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान विशेष छूटमा रहेका छन् । यसका साथै चालू आर्थिक वर्षभित्र फ्रेन्चाइज...
रक्तदान गर्न प्रोत्साहन गर्ने गीत ‘अठार वर्ष पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ सार्वजनिक

रक्तदान गर्न प्रोत्साहन गर्ने गीत ‘अठार वर्ष पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ सार्वजनिक

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान जागरण गीत लोकार्पण गरेको छ । आइतबार बागबजारस्थित होटल हार्दिकको सभामा ‘अठार वर्ष पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ बोलको गीत सार्वजनिक गरेको हो । आमन्त्रितहरूको स्वागत गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नम्बर २० नगर समितिद्वारा तयार परिएको नेस्वरस स्वयंसेवी ज्याकेटको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले लोकार्पण गर्दै स्वयंसेवीहरूलाई पहिरहन दिएका थिए । आमन्त्रितहरू सबैको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक,डा। रूणा झा अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस सोसाइटीका पूर्व महामन्त्री देवरत्न धाख्वा,रिलायन्स फाइनान लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र स्वास्थ्य सेवा बिभाग...
स्वयंसेवी शतक रक्तदाता कर्माचार्य सम्मानित

स्वयंसेवी शतक रक्तदाता कर्माचार्य सम्मानित

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, समाज
काठमाडौं । ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६७ औं पटक रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरेको छ । संस्थाले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा एक बिशेष समारोहका बीच आइतबार होटल हार्दिकमा कर्माचार्यलाई सम्मान गरेको हो । कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब बडालले ताम्रपत्रको सम्मान–पत्र प्रदान गरि सार्वजनिक सम्मान प्रदान गरेका थिए । कार्यक्रमका सभापति एवं ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामइन्द्र न्यौपानेले फूलको माला पहराई,कस्मिराको सल ओढाएर कर्मचार्यलाई बिशेष सम्मान गरेका थिए । कर्माचार्यले सम्मान स्वरुप ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उक्त रकम बराबरको चेक ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देश...