Saturday, May 18Nepal News Portal
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिद्वारा काभ्रेस्थली, काठमाडौं बागमती प्रदेशमा एक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न÷गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम शनिबार आयोजना गरिएको हो ।

कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त९तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि कार्यक्रम आयोजना गरिएको बताइएको छ ।


सो रक्तदान कार्यक्रममा महिला, पुरूष गरि जम्मा ४७ जनाले रक्तदान गरेका थिए । प्रमुख अतिथि कर्माचार्यले रक्तदान गर्ने स्वयंसेवी रकदाताहरूलाई समाजको लोगो अंकित टी–शर्ट र प्रशंसापत्र बितरण गरेका थिए । नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका अध्यक्ष राधेश्याम फुयालको सभापतित्वमा सञ्चालित सो रक्तदान कार्यक्रममा स्वास्थ्य सेवा बिभाग,नेपाल रेडक्रस सोसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अतिथि र नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका सल्लाहकार रामहरि फुयाल अतिथिका रुपमा रहेका थिए ।

 

Total Page Visits: 991 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्