Friday, September 19Nepal News Portal
Shadow

प्रमुख समाचार

असोज २१ गतेदेखि ‘डी.भी.’ खुल्ने

असोज २१ गतेदेखि ‘डी.भी.’ खुल्ने

प्रमुख समाचार, ब्यानर, विश्व
काठमाडौं, १७ असोज (ससं) । सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भीसा (डी.भी.) आवेदन कार्यक्रम खुल्ने भएको छ । डीभी नेपाली समय अनुसार आगमी असोज २१ गते (अक्टोबर ७) बुधबार राति ९ः४५ बजेबाट खुला हुने भएको हो । गत अप्रिल २२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा केही आप्रवासीको प्रवेश स्थगित गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका थिए । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरस (कोभिड–१९) प्रकोपपछि आर्थिक सुधारको क्रममा अमेरिकाको श्रम बजार जोखिमलाई थप मजबुद बनाउँन २०२२ का लागि डीभी खुला गरिएको हो । डीभीको आवेदन दिने समय आगामी कात्तिक २५ गते (नोभेम्बर १०) मा सकिने छ । डीभी भर्नको लागि कुनै पनि कन्ल्टेन्टको सहयोग नलिन र कुनै पनि शूल्क नलाग्ने नेपालस्थित अमेरिकी दूताबासले बताएको छ । डीभीको बारेमा अन्य सम्पूर्ण जनकारी ‘डेलिभरी भीसा प्रोग्राम’मा राखिने दूतावासले जनाएको छ । ...
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

प्रमुख समाचार, ब्यानर
काठमाडौं, १७ असोज (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनितिक सल्लाहकार रिमालले आफूलाई कोरोना संक्रमण भएको फेशवुकमार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो पीसीआर परिक्षणबाट ममा पनि कोरोना–पोजेटिभ देखायो ।’ उनले पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई सजग रहन पनि आग्रह गरेका छन् । त्यस्तै प्रधानमन्त्रीका प्रेस संयोजक थापाले पनि आफूलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमा सार्वजनिक गरेका छन् । https://www.facebook.com/bishnu.rimal/photos/a.773747716020804/3523064291089119/ https://www.facebook.com/surya.thapa.754918/posts/3396692407089906  ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना

प्रमुख समाचार, विश्व
काठमाडौं, १७ असोज (ससं) । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ह्वाइटहाउसले ट्रम्पलाई वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा सारिएको बताएको छ । संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै ट्रम्प अस्पताल भर्ना भएका हुन्। ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको थियो। राष्ट्रपतीय चुनावको ठीक एक महिनाअघि ट्रम्प कोरोनाबाट संक्रमित भएका छन् । उनी दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए बाइडनसँग प्रतिस्पर्धामा छन्। बीबीसी...
पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख १० हजार संक्रमित थपिए

पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख १० हजार संक्रमित थपिए

प्रमुख समाचार, विश्व
काठमाडौं, १७ असोज (ससं) । विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख १० हजार ३५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोही अवधिमा पाँच हजार ४६७ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख १३ हजार ६२५ र मृत्यु हुनेको संख्या १० लाख ३२ हजार ६०५ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ७९ हजार ७७४ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ६९ जनाले ज्यान गुमाएका हुन्। अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ५० हजार ८१२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ८३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। ब्राजिलमा ३३ हजार जना नयाँ संक्रमित थपिएका छन् भने ६६४ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ। गत २४ घण्टाभित्र अर्जेन्टिनामा १४ हजार ६८७, फ्...
निःशूल्क पाउनु पर्ने रगतमा अस्पतालको फरक फरक मूल्य

निःशूल्क पाउनु पर्ने रगतमा अस्पतालको फरक फरक मूल्य

ऊर्जा, प्रमुख समाचार
काठमाडौं, १६ असोज (ससं) । सरकारले जारी गरेको राष्ट्रिय रक्त सञ्चार नीतिलाई जनमानसमा सम्बन्धित निकायले सकारात्मकताका साथ प्रभावकारी तवरले निःशूल्क सेवा दिनु पर्नेमा उल्दै पैसा असुलिरहेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजले विभिन्न स्थानमा संकलन गरेको रगत निःशूल्क वितरण गर्र्दै आएको छ । तर, विभिन्न अस्पतालहरुले निःशूल्क रगत पाउनु पर्ने पीडितपक्षको नैसर्गिक अधिकारलाई बन्देज लगाएका छन् । नीति र नियममा जस्तो सुकै व्यवस्था गरिएको भएपनि त्यसको नियमनकारी निकायले प्रभावकारी रुपमा अनुगमन नगर्दा पीडितलाई अझ पिडा थपिएको छ । हाल प्रति प्याकेट पोखरामा ७०० रुपैयाँ देखि १००० सम्म, तनहुँमा ८५० रुपैयाँ, लमजुङमा १००० रुपैयाँ, बाँकेमा १००० रुपैयाँ, धादिङमा ५०० रुपैयाँ, बनेपामा ७०० रुपैयाँ र पाल्पामा ७५० रुपैयाँ देखि २००० सम्म मूल्य तोकिएको छ । त्यस्तै कपिलवस्तुमा ८०० रुपैयाँ, ललितपुरमा ५७० रुपैयाँ, क...
र्पूवधारको हिसाबले प्रदेश राजधानी बुटवलमा नै उपयुक्त : काँग्रेस नेता खाँण

र्पूवधारको हिसाबले प्रदेश राजधानी बुटवलमा नै उपयुक्त : काँग्रेस नेता खाँण

प्रमुख समाचार, राजनीति
काठमाडौं, १६ असोज (ससं) । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रदेश नं. ५ को प्रदेश सभामा पेश गरेको राजधानीबारेको प्रस्ताव संशोधन गर्न आग्रह गरेका छन् । आज लुम्बिनी टाईम्सलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका खाँणले सरकारको प्रस्ताव अनुचित रहेको बताए । राजधानीका लागि सम्पूर्ण पूर्वाधारले उपयुक्त बुटवल नै भएकोले दाङलाई प्रदेश राजधानी बनाउँन उपयुक्त नहुँने उनको भनाई छ । त्यस्तै प्रदेश राजधानी दाङको भालुवाङमा बनाउँने भएपछि नेविसंघ लगायतले व्यापक विरोध जनाएको छ । अहिले नेकपा सरकारले दाङमा राजधानी राख्ने निर्णय गरेपछि यो विवाद पुनः सतहमा आएको छ र कांग्रेसका कार्यकर्ताले बुटवलमा सडक तताउन थालेका छन् । त्यस्तै भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल तयार भएपछि विदेश जान र विदेशबाट आउन सहज हुने भएकाले पनि बुटवल नै प्रदेश राजधानी उपउक्त हुने उनको भन...
नेपालमा उत्पादित कोरोनाविरुद्धको औषधि फ्याबिपिराभेलको क्लिनिकल ट्रायल हुने

नेपालमा उत्पादित कोरोनाविरुद्धको औषधि फ्याबिपिराभेलको क्लिनिकल ट्रायल हुने

आर्थिक गतिविधि, प्रमुख समाचार, ब्यानर
काठमाडौं, १६ असोज (ससं) । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ। नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ। कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताइएको छ । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको छ । उक्त औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभागको स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ र उक्त औषधिलाई कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको हो । यसबाहेक नेपाल मै उत्...

नेपाली जनसम्पर्क समिति क्यानडाको निर्वाचनका लागि प्रतिनिधि खटाइदिन नेपाली काँग्रेसलाई आग्रह

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, १३ असोज (ससं) । नेपाली जनसम्पर्क समिति क्यानडाको पूर्व पदाधिकारीहरुको भेलाले समितिको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन नेपाली काँग्रेस केन्द्रीय समितिलागायत विभिन्न उपसमितिहरुलाई आग्रह गरेको छ । समितिले काँग्रेस केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र लेख्दै अघिल्लो पटक निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल सकिएको भन्दै निर्वाचन गर्नका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन आग्रह गरेको हो । गत अगष्टमै पदाधिकारीहरुको कार्यकाल सकिँदा पनि पार्टीले भातृ संगठन नेपाली जनसम्पर्क समिति क्यानडाको निर्वाचनप्रति खासै चासो नदेखाएकोले पूर्व पदाधिकारीहरुको भेला राखिएको समितिका पूर्व महामन्त्री निरञ्जन थापाले जानकारी दिए । नेपाली काँग्रेसको बिधानको परिच्छेद ५ को धारा ३ अनुसार भातृसंगठनको नियमित अधिवेशनको लागि नेपाली काँग्रेसलार्इ सन्तुलित निर्वाचन समिति गठन गरि बिवाद समाधान गरि निर्वाचन सम...

ढोरपाटनका बाढी पीडितलाई जापानबाट २७ लाख ८० हजार ४ सय ७८ सहयोग

ऊर्जा, प्रमुख समाचार
बागलुङ, ११ असोज (ससं) । बागलुङको ढोरपाटन नगरपालिकाका बाढी तथा पहिरो प्रभावितहरुका लागि एन। पि। ओ। गल्कोट समाज जापानले २७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ राहत सहयोग गरेको छ । समाजका अध्यक्ष दिलु खत्री लगायत समाजका अन्य पदाधीकारी लगायतले करिब ६ सय जना भन्दा बढी व्यक्तिहरु मिलेर संकलित उक्त रकम गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेमार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराइएको छ । गल्कोटका अधिकांश नागरिकहरु रोजगारीका लागि जापानमा रहेको र ढोरपाटन नगरपालिकामामा परेको बिपतमा उनीहरुलाई पनि दुःखेको तथा मानवीय सभ्यतालाई मध्यनजर गर्दै उक्त सहयोग गरेको बताइएको छ । उक्त रकमको भौचर हस्तान्तरण गर्दै गल्कोट नगरपालिकाका प्रमुख गैरेले ढोरपाटनलाई पीडामा देख्दा गल्कोटलाई पनि दुःखेको बताउदै उक्त राहतको सहि सदुपयोग गर्न अनुरोध गरेका छन् । सो अबसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमु...
सक्रिय सङ्क्रमित २५ हजार नाघे पुनः बन्दाबन्दी हुने

सक्रिय सङ्क्रमित २५ हजार नाघे पुनः बन्दाबन्दी हुने

प्रमुख समाचार, ब्यानर
काठमाडौं, ८ असोज (ससं) । कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघे पुनः बन्दाबन्दी हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार हाराहारी मात्र छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम ९आईसीएस०को बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेको अवस्थामा पुनः बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको छ । बुधबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको खण्डमा नेपालको हालको स्वास्थ्य संयन्त्रले सङ्क्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै पुनः बन्दाबन्दी गर्ने निर्णय गरेको बताए । बैठकले पछिल्लो समय सङ्क्रमण दर बढ्नुका साथै जोखिम उच्च रहेकाले जनस्वास्थ...