Friday, September 19Nepal News Portal
Shadow

ब्यानर

विश्‍वमा गत २४ घण्टामा तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिए

विश्‍वमा गत २४ घण्टामा तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिए

ब्यानर, विश्व
काठमाडौं, १५ असोज (ससं) । विश्‍वमा पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार २४४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कूल संक्रमितको संख्या तीन करोड ४१ लाख ४६ हजार ३६९ पुगेको । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६ हजार १६४ जनाको मृत्यु भएको छ। तीमध्ये १० लाख १८ हजार १७३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। विश्‍वमा अहिलेसम्म दुई करोड ५४ लाख नौ हजार ७३२ जना संक्रमणमुक्त भएका छन्। अहिले ७७ लाख १८ हजार ४६४ जना सक्रिय संक्रमित रहेकोमा ६६ हजार ३६ जना गम्भीर बिरामी छन्।...

नेपाली जनसम्पर्क समिति क्यानडाको निर्वाचनका लागि प्रतिनिधि खटाइदिन नेपाली काँग्रेसलाई आग्रह

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, १३ असोज (ससं) । नेपाली जनसम्पर्क समिति क्यानडाको पूर्व पदाधिकारीहरुको भेलाले समितिको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन नेपाली काँग्रेस केन्द्रीय समितिलागायत विभिन्न उपसमितिहरुलाई आग्रह गरेको छ । समितिले काँग्रेस केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र लेख्दै अघिल्लो पटक निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल सकिएको भन्दै निर्वाचन गर्नका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन आग्रह गरेको हो । गत अगष्टमै पदाधिकारीहरुको कार्यकाल सकिँदा पनि पार्टीले भातृ संगठन नेपाली जनसम्पर्क समिति क्यानडाको निर्वाचनप्रति खासै चासो नदेखाएकोले पूर्व पदाधिकारीहरुको भेला राखिएको समितिका पूर्व महामन्त्री निरञ्जन थापाले जानकारी दिए । नेपाली काँग्रेसको बिधानको परिच्छेद ५ को धारा ३ अनुसार भातृसंगठनको नियमित अधिवेशनको लागि नेपाली काँग्रेसलार्इ सन्तुलित निर्वाचन समिति गठन गरि बिवाद समाधान गरि निर्वाचन सम...

बालिका बलात्कारका दोषीलाई कडा कारबाही गर्न र कडा कानुन बनाउँन नेविसंघको माग

ऊर्जा, निर्माण, ब्यानर, राजनीति
काठमाडौं, ११ असोज (ससं) । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बझाङको मष्टा गाउँपालिका की १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो जघन्य तथा क्रुर अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ। नेविसंघले शनिबार विज्ञप्ति जारी गर्दै यस्ता घटना दोहोरिन नदिन कानुन बनाउन सरकारसँग माग गरेको छ। त्यस्तै दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानुन बनाउँन पनि माग गरिएको छ । केही पहिले नवराज विकलगायतका युवाहरुको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कार गरी हत्या गरिएको घटनाले समाजमा दलित समुदायमाथि पाशविक आक्रमणका घटना बढ्न थालेको पनि प्रष्ट भएको संघले उल्लेख छ। सरकार यस्ता जघन्य अपराधका घटनामा पीडित पक्षलाई न्याय दिनुको साटो अपराधीलाई बचाउन लागिरहे आन्दोलनमा उत्रने नेवि...
मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

निर्माण, ब्यानर, राजनीति
काठमाडौं, ११ असोज (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भएको भएपनि प्रधानमन्त्रीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन्। बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने तयारी रहेको बताइएको छ। आइतबार मन्त्रिपरिषद् बैठक बस्ने गरी शनिबार राति अबेर मन्त्रीहरुलाई सूचित गरिएको थियो।...
सक्रिय सङ्क्रमित २५ हजार नाघे पुनः बन्दाबन्दी हुने

सक्रिय सङ्क्रमित २५ हजार नाघे पुनः बन्दाबन्दी हुने

प्रमुख समाचार, ब्यानर
काठमाडौं, ८ असोज (ससं) । कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघे पुनः बन्दाबन्दी हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार हाराहारी मात्र छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम ९आईसीएस०को बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेको अवस्थामा पुनः बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको छ । बुधबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको खण्डमा नेपालको हालको स्वास्थ्य संयन्त्रले सङ्क्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै पुनः बन्दाबन्दी गर्ने निर्णय गरेको बताए । बैठकले पछिल्लो समय सङ्क्रमण दर बढ्नुका साथै जोखिम उच्च रहेकाले जनस्वास्थ...

अझै तीन दिन लगातार वर्षा हुने, सतर्क रहन महाशाखाको आग्रह

प्रमुख समाचार, ब्यानर
काठमाडौं, ८ असोज (ससं) । अहिले देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले अति भारी वर्षा भइरहेको छ। हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दै गरेका कारण नेपालमा अविरल वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले अझै तीन दिनसम्म अविरल वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली...
काँग्रेस संसदीय दलले भन्यो प्रहरी दमन बढ्यो

काँग्रेस संसदीय दलले भन्यो प्रहरी दमन बढ्यो

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, ६ असोज (सस) । जिल्ला प्रशासन कार्यालय गुल्मीमा शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउने क्रममा प्रहरीद्वारा दमन भएको भन्दै नेपाली कांग्रेस संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार गुल्मीमा आफ्ना कार्यकर्तालाई प्रहरीले गरेको दमनको विषयमा काँग्रेस संसदीय दलको ध्यानाकर्षण भएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले स्थानीय मुद्दाका बारेमा ज्ञपनपत्र बुझाउँन जाँदा प्रहरीको दुरव्यावहार भोग्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । कोरोना संक्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सजग र सतर्कताका साथ जिल्ला प्रशासन कार्यालय गुल्मी पुगेका पार्टी सभापति लगायतलाई प्रवेशमा नै रोक लगाएको र शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउन नदिएको बताइएको छ । ‘हाम्रो संविधानले आम नेपालीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । शान्तिपूर्ण रुपले आफ्ना विचार र विमति राख्नु पाउनु मौलिक हक हो ।...
भारतमा ७४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा ७४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

निर्माण, ब्यानर
काठमाडौं, ६ असोज (सस) । भारतमा कोरोना भाइरस संक्रमितहरू थपिने क्रम बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ७४ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार भारतमा संक्रमणका कारण थप एक हजार ५६ जनाको मृत्यु भएको छ। संक्रमणबाट मृत्युभएका थपसहित हालसम्म भारता ८८ हजार ९६५ जनाको मृत्यु भइसकेको छ । विश्‍वव्यापी महामारीका रुपमा फैलिएको कोभिड(१९ बाट अमेरिकापछि भारत सबैभन्दा बढी पीडित छ । भारतमा ४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन् । अहिले ९ लाख ७६ हजार ४२० जना सक्रिय संक्रमित छन्। त्यसैगरी हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ८० हजार ४८७ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार २८७ पुगेको छ ।...
नेकपाले केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने

नेकपाले केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने

आर्थिक गतिविधि, निर्माण, ब्यानर, राजनीति
काठमाडौं, ६ असोज (सस) । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना करिब २ सय ५० केन्द्रीय सदस्यलाई नियमित रुपमा आर्थिक सहयोग प्रदान गर्ने भएको छ। आइतबार नेकपाको सचिवालय बैठकमा यो एजेन्डामा छलफल सुरु भएको बताइएको छ । कुनै लाभको पदमा नरहेका केन्द्रीय सदस्यहरुलाई पार्टीले नियमित रुपमा आर्थिक सहयोग गर्ने निर्णय भएको हो । केन्द्रीय सदस्यमा २५० को हाराहारीमा सदस्य छन् । तर, उक्त रकम तलब नभएको बताइएको छ । एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि यो सहयोग रोकिएको र अहिले पुनः सुरु गर्न लागिएको बताइएको छ । रकम कति हो भनेर अहिलेसम्म टुंगो लागेको छैन। यस विषयमा आर्थिक विभागले आवश्यक निर्णय गर्ने बताइएको छ । यसअघि एमालेले आफ्ना केन्द्रीय सदस्यलाई मासिक १० हजार र स्थायी कमिटीका सदस्यलाई १५ हजार रुपैयाँ रकम उपलब्ध गराउँदै आएको थियो। माओवादीले पनि सशस्त्र विद्रोहको समयमा आफ्ना सेना तथा का...

सर्वोच्चले अफताब आलमको मुद्दासम्बन्धी फाइल माग्यो

प्रमुख समाचार, ब्यानर
काठमाडौं, ५ असोज (सस) । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउन आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने आदेश मगाउने आदेश जारी गरेको हो । जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आधार र कारणसहित आदेश सर्वोच्च अदालतले माग गरेको हो। आलमले कोभिड(१९ को महामारीको समयमा जेलभित्र सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत भदौ ३१ गते हिराई माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सोही निवेदन माथिको प्रारम्भिक सुनुवाई पछि सो आदेश जारी भएको हो। आलमलाई २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर...