Friday, May 10Nepal News Portal
Shadow

शेयर बजार

सोमबार सर्वाधिक कारोबार गर्ने कम्पनी

सोमबार सर्वाधिक कारोबार गर्ने कम्पनी

शेयर बजार
काठमाडौं । सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४१ अंकले बढेर २,६४५.८४ विन्दुमा बन्द भएको छ । ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, हाइड्रो इलेक्टीसिटि एण्ड इन्भेष्टमेन्टको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महिला लघुवित्तको १२ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।...
प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन

प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन

शेयर बजार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । बोनस शेयर समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८८४ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत बिहीबार इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ९७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरिदिएको छ । कम्पनीले वैशाख २६ गते (आज) देखि साधारणसभा हुने दिनसम्म बुक क्लोज गरेको छ । कम्पनीले २५ औं वार्षिक साधारणसभा आगामी जेठ ६ गते आब्हान गरेको छ ।...
२ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गदै एनएमबि बैंक

२ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गदै एनएमबि बैंक

शेयर बजार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि १० वर्ष अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि ऋणपत्र ८.५ %–२०८७/८८’ ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने ८ लाख कित्ता सर्वसाधारणमा बिक्री खुला गरिने छ । जसमा ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । बैंकले बिक्री गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्यु...
सूर्या लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर सूचीकृत

शेयर बजार
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको बैशाख २४ गते (हिजो) बिहीबार मात्रै एक लाख १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । योसँगै इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।...
जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

बीमा, शेयर बजार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । वैशाख २४ गते बसेको संचालक समितिको बैठकले वैशाख २६ गते हुने तेस्रो साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरेको कम्पनीले जनाएको छ ।...
अपि पावरले हकप्रद शेयर निष्कासन गर्न तोक्यो बुकक्लोज

अपि पावरले हकप्रद शेयर निष्कासन गर्न तोक्यो बुकक्लोज

शेयर बजार
काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न बुकक्लोज मिति तोकेको छ । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो । यसअनुसार बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। ...
मध्य भोटेकोशीको आइपीओ बिक्री खुल्ला

मध्य भोटेकोशीको आइपीओ बिक्री खुल्ला

शेयर बजार
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गते (आज) देखि आयोजना प्रभावित स्थानियहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन्। निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ २० गते हुनेछ। आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैं...
कुमारी क्यापिटलको अनलाईन डिम्याट खाता तथा लगानी मेला सञ्चालनमा

कुमारी क्यापिटलको अनलाईन डिम्याट खाता तथा लगानी मेला सञ्चालनमा

शेयर बजार
काठमाडौं  । कुमारी क्यापिटल लिमिटेडले नव बर्ष २०७८ को पावन अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । जसबाट नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना , धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना , सम्पत्ती ब्यवस्थापन  सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निशुल्क सेवा संचालनमा ल्याएकोे छ । साथै अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट  प्रयोग गरि ५ % क्यास ब्याक पाउन सकिने छ । लगानी मेलाबाट यस संस्थाले सर्बसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरीे परामर्श सेवा प्रदान गर्नेछ । लगानीकर्ताहरुले यस संस्थाको लगानी विशेषज्ञहरु द्धारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन । त्यसैैले यस मौकालाई अधिकतम प्रयोग गरी आफ्नो उच्चतम लाभ लिने पथमा लम्कने अवस...
रुरु जलविद्युत्को आइपीओमा आवेदन दिने आज अन्तिम दिन

रुरु जलविद्युत्को आइपीओमा आवेदन दिने आज अन्तिम दिन

शेयर बजार
काठमाडौं । रुरु जलविद्युत् लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज चैत्र २४ गते कम्पनीको आइपीओमा बैंकिङ समयसम्म आवेदन दिन सकिने सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको हो । कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ । कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।...
प्रभु क्यापिटलद्वारा शेयर बजार सम्बन्धी एकै दिन २ स्थानमा तालिम

प्रभु क्यापिटलद्वारा शेयर बजार सम्बन्धी एकै दिन २ स्थानमा तालिम

शेयर बजार
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले शेयर बजार सम्बन्धी १ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले २१ गते शनिबार राजधानी कलेज एमबिएमा अध्ययनरत विद्यार्थीहरु र इटहरीमा उक्त तालिम आयोजना गरेको हो । काठमाडौको राजधानी कलेजका एमबिएमा अध्ययनरत करिब ३० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । त्यसै शनिबार इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटल लिमिटेडको सहआयोजनामा इटहरीमा १ दिने शेयर बजार सम्बन्धी आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको छ । इटहरीको दुर्गा पार्टी प्यालेसको तालिम हलमा सञ्चालित तालिममा १५० भन्दा बढीले सहभागीता जनाएको क्यापिटलले बताएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । शेयर बजा...