Wednesday, November 19Nepal News Portal
Shadow

प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । बोनस शेयर समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८८४ रुपैयाँ कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत बिहीबार इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ९७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरिदिएको छ । कम्पनीले वैशाख २६ गते (आज) देखि साधारणसभा हुने दिनसम्म बुक क्लोज गरेको छ । कम्पनीले २५ औं वार्षिक साधारणसभा आगामी जेठ ६ गते आब्हान गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्