काठमाडौं । सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४१ अंकले बढेर २,६४५.८४ विन्दुमा बन्द भएको छ । ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हाइड्रो इलेक्टीसिटि एण्ड इन्भेष्टमेन्टको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महिला लघुवित्तको १२ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।