Monday, May 20Nepal News Portal
Shadow

रुरु जलविद्युत्को आइपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । रुरु जलविद्युत् लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज चैत्र २४ गते कम्पनीको आइपीओमा बैंकिङ समयसम्म आवेदन दिन सकिने सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको हो ।
कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

Total Page Visits: 1572 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्