Monday, May 20Nepal News Portal
Shadow

नाडाको निर्वाचन भदौ २५ मा


काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोशिएसन (नाडा) को चुनाव हुने मिति सार्वजनिक भएको छ । नाडाको चुनाव आगामी भदौं २५ गते हुने भएको हो । नाडाको शुक्रबार बसेको कार्यसमिति बैठकले चुनावको मिति तय गरेको हो ।

प्रदेशिक संरचनामा रहेको नाडाको भदौं २५ गते सातै प्रदेशमा एक साथ चुनाव सम्पन्न हुनेछ । हाल नाडामा ३ हजार ३६५ मतदाता छन् ।

आगामी चुनावमा अध्यक्ष पदका लागि सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र हिमालयन अर्गनाइजेसनका अध्यक्ष तथा अटोमोबाइल व्यवसायी ध्रुब थापाले उम्मेद्वारी दिएका छन् । आगामी कार्यसमितिका लागि अन्य सदस्यको हालसम्म उम्मेद्वारी दिएका छैनन् ।

Total Page Visits: 1152 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्