Monday, May 20Nepal News Portal
Shadow

प्रभु क्यापिटलद्वारा शेयर बजार सम्बन्धी एकै दिन २ स्थानमा तालिम


काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले शेयर बजार सम्बन्धी १ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले २१ गते शनिबार राजधानी कलेज एमबिएमा अध्ययनरत विद्यार्थीहरु र इटहरीमा उक्त तालिम आयोजना गरेको हो ।

काठमाडौको राजधानी कलेजका एमबिएमा अध्ययनरत करिब ३० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । त्यसै शनिबार इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटल लिमिटेडको सहआयोजनामा इटहरीमा १ दिने शेयर बजार सम्बन्धी आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको छ । इटहरीको दुर्गा पार्टी प्यालेसको तालिम हलमा सञ्चालित तालिममा १५० भन्दा बढीले सहभागीता जनाएको क्यापिटलले बताएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

शेयर बजार सम्बन्धी आधारभुत कुराहरु, प्राथमिक तथा दोश्रो बजार, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा हुने प्रतिफलको फाइदा, आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण सम्बन्धी विषयहरु समेटेर तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

तालिम कार्यक्रम प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरी, प्रशिक्षक सन्तोष राज बजगाईं तथा अशोस सिटौलाले प्रदान गरेका थिए ।

Total Page Visits: 788 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्