Monday, May 20Nepal News Portal
Shadow

शेयर बजार

सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो साधारण सभा जेठ २३ मा, आईपीओ निष्कासन गर्ने

सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो साधारण सभा जेठ २३ मा, आईपीओ निष्कासन गर्ने

शेयर बजार
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा जेठ २३ गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको छ । सभामा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । सभाबाट पारित भएपछि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत पक्ष मध्यम रहेको देखाउँछ । साथै कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा मध्यम जोखिम रहेको देखाउँछ ।...
प्रभु बैंकले १० वर्षे अवधिको ऋणपत्र जेठ ११ गतेदेखि विक्री गर्ने

प्रभु बैंकले १० वर्षे अवधिको ऋणपत्र जेठ ११ गतेदेखि विक्री गर्ने

शेयर बजार
काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि सर्वसाधारणका लागि १६ लाख ७७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १६ लाख कित्तामध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरी बाँकी कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदर भएको कुल ४० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो । कुल कित्तामध्ये २४ लाख कित्ता भने कम्पनीले व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्ने बताएको छ । कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बि प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको रहने संकेत गर्दछ । प्रभु बैंक डिबेञ्चर २०८७ नामको ऋणपत्र माग बमोजिम आवेदन परेमा छि...
अपि पावरको हकप्रद बिक्री खुला, क–कसले दिन पाउँनेछन् आवेदन ?

अपि पावरको हकप्रद बिक्री खुला, क–कसले दिन पाउँनेछन् आवेदन ?

ब्यानर, शेयर बजार
काठमाडौं । अपि पावर कम्पनीले जेठ २० गतेदेखि हकप्रद सेयर बिक्रि खुल्ला गर्ने भउको छ । कम्पनीले जेठ २० गते बिहीबारदेखि १ः०.२९३८ अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । अपि पावर कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्ने भएको हो । हकप्रद जारी गर्न कम्पनीले वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । अपि पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ रहेको छ भने २९.३८ प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । अपिको हकप्रद सेयरमा असार ९ गतेसम्म ...
शेयर बजारमा हालसम्मकै उच्च कारोबार

शेयर बजारमा हालसम्मकै उच्च कारोबार

प्रमुख समाचार, शेयर बजार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च विन्दुमा पुगेर बन्द भएको छ । परिसूचक ५४.२६ अंक वृद्धि भएर २७३८.३५ विन्दुमा रोकिएको हो । आज कारोबार रमकमा पनि वृद्धि भएको छ । गत कारोबार दिन बिहीबार ७ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज १० अर्ब ४० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । २१४ कम्पनीको २ करोडभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ । आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, एनसीसी बैंक लिमिटेड नेपाल इन्फ्रा इस्टक्चर बैंक –निफ्रा)को सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । पुनर्बीमाको ८५ करोड ७ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको छ । त्यस्तै एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको र निफ्राको २९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य स...
आईपीओ निष्कासन गर्न दुई कम्पनीले दिए धितोपत्र बोर्डमा निवेदन

आईपीओ निष्कासन गर्न दुई कम्पनीले दिए धितोपत्र बोर्डमा निवेदन

प्रमुख समाचार, शेयर बजार
काठमाडौं । आईपीओ जारी गर्ने अनुमति माग्दै दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । निवेदन दिनेमा एउटा लघुवित्त कम्पनी छ भने अर्को जलविद्युत कम्पनी छ । मानुषि लघुवित्त वित्तिय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपीओ निष्काशनका लागि बैशाख १३ गते आवेदन दिएको हो । मानुषिले एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । त्यस्तै, दोर्दी खोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता सेयर निष्काशनका लागि अनुमति माग्दै धितोपत्र बोर्डमा बैशाख २१ गते आवेदन दिएको हो । दोर्दी खोलाले विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।...
बिहीबार नेप्से परिसूचक १० अंकले वृद्धि भएसँगै कारोबार रकममा पनि वृद्धि

बिहीबार नेप्से परिसूचक १० अंकले वृद्धि भएसँगै कारोबार रकममा पनि वृद्धि

प्रमुख समाचार, शेयर बजार
काठमाडौं । बहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० अंकले वृद्धि भएर बन्द भएको छ । गत कारोबार दिन (बुधबार) झिनो अंकले वृद्धि भएको नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा बन्द भएको हो । आज कारोबार रकममा पनि वद्धि भएको छ । हिजो ५ अर्ब ३२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ७ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिजोको तुलनामा करिव २ अर्ब रुपैयाँ कारोबार रकममा वृद्धि भएको देखिन्छ । २१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएर १८७ रुपैयाँ कायम भएको छ । त्यस्तै आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर ४९ करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएक...
‘वर्क फर्म होम’मार्फत सेवा दिन ब्रोकरलाई धितोपत्र बोर्डको निर्देशन

‘वर्क फर्म होम’मार्फत सेवा दिन ब्रोकरलाई धितोपत्र बोर्डको निर्देशन

प्रमुख समाचार, शेयर बजार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर कम्पनी) र मर्चेण्ट बैंकरहरुलाई घरबाट नै काम गर्न निर्देशन दिएको छ । कोभिड–१९ महामारी संक्रमण बढिरहेको भन्दै लगानीकर्ता अनलाइनमै अव्यस्त भएकोले घरबाट काम गर्ने वातावरण मिलाउँन सम्बन्द्ध संस्थाहरुलाई निर्देशन दिएको हो । गत वर्षदेखि लगानीकर्ताहरु प्रत्यक्ष उपस्थित नभइ अनलाईन मार्फत धितोपत्र कारोबार गर्न सक्ने बनाइएको हुँदा सिष्टम संचालन गर्न बाहेक सबैलाई कार्यालयमा भौतिक उपस्थिति नभइ कार्य गर्न अनुरोध गरिएको छ । सिस्टम सर्पोट र सूचना प्रविधि सम्बन्धी कार्यका लागि कार्यालय आउँन पर्ने आवश्यक भए ३ जनाभन्दा बढी कर्मचारी नखटाउँन पनि बोर्डले भनेको छ । गुनासा तथा समस्या समाधानको लागि प्रयोग भईरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधिा उपलब्ध गराउँने व्यवस्था गर्न र थप मोबाइल नम्बरहरु उपलब्ध गराउँन पनि भनिएको छ । ...
अरुण भ्याली हाइड्रोपावरको नाफा २१ प्रतिशतले वृद्धि

अरुण भ्याली हाइड्रोपावरको नाफा २१ प्रतिशतले वृद्धि

उपभोक्ता, ब्यानर, शेयर बजार
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको खुद नाफा २१ प्रतिशले वृद्धि भएको छ । हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको हो । गत आर्थिक वर्षको चैत मशान्तसम्ममा ५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा २१.६७ प्रतिशतले धेरै हो । विद्युत विक्रीबाट हुने आम्दानी घटेको भए पनि अन्य स्रोतमार्फत हुने आम्दानी बढ्दा उसको नाफा बढेको हो। कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी भने २२.२९ प्रतिशतले घटेर ४ करोड २५ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसै अवधिमा उसले विद्युत बिक्रीबाट ५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।...
बुधबार नेप्से परिसूचक ०.०२ प्रतिशतले वृद्धि, ५ अर्ब ३२ करोड रुपैयाँको कारोबार

बुधबार नेप्से परिसूचक ०.०२ प्रतिशतले वृद्धि, ५ अर्ब ३२ करोड रुपैयाँको कारोबार

शेयर बजार
काठमाडौं, २९ वैशाख । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०२ प्रतिशतले वृद्धि भएर बन्द भएको छ । हिजो दोहोरो अंकले वृद्धि भएको नेप्से परिसूचक आज ०.५६ अंक वृद्धि भएर २६७३.८८ विन्दुमा बन्द भएको हो । हिजोको तुलनामा परिसूचक ०.०२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले वृद्धि भएको छ । २१५ कम्पनीको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर ५ अर्ब ३२ करोड ६० लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, बोटल्र्स (तराई) लिमिटेड र आखु खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६२७ रुपैयाँ कायम भएको छ भने बोटल्स नेपाल (तराई)को शेयर मूल्य ११ हजार ७१ रुपैयाँ काय भएको छ । त्यस्तै आँखु खोला जलविद्युतको शेयर मूल्य १८७ रुपैयाँ काय...
एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयर मूल्य समायोजन

एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयर मूल्य समायोजन

शेयर बजार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले अपि पावर कम्पनीको २९.३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । अपि पावर कम्पनीको मंगलवार कायम अन्तिम मूल्य ३५३ रुपैयाँको आधारमा नेप्सेले हकप्रद पश्चातको मूल्य २९६ रुपैयाँ तोकेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको मंगलवार कायम अन्तिम मूल्य ७७८ रुपैयाँको आधारमा बोनस पछिको मूल्य ७२० रुपैयाँ तोकेको हो । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासनको मिति तय नगरेपनि बुक क्लोज भने वैशाख २९ गते (एक दिन) गरेको छ । बुक क्लोजको आधारमा अपि पावरको हकप्रद शेयर वैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र भर्न सक्नेछन् । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री गर्ने भएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा ...