Saturday, April 27Nepal News Portal
Shadow

समाज

‘सन्तानको मायाँ’ अनलाइन फोटो प्रतियोगितामा प्रथम भए कृष्टी पौडेलका आमाछोरी

‘सन्तानको मायाँ’ अनलाइन फोटो प्रतियोगितामा प्रथम भए कृष्टी पौडेलका आमाछोरी

प्रदेश, बागमती प्रदेश, समाचार, समाज
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २० स्थित हलेसी ‘महाद्यः रञ्जित चुकःमा’ सन्तानको माया’ अनलाइन फोटो प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । अनलाइन फोटो प्रतियोगितामा प्रतियोगीहरुमध्ये रूपा पोखरेल र उनकी छोरी कृष्टी पौडेल प्रथम भएका थिए । उनीहरुलाई फूलको माला पहिराई ट्रफी, मेडल र नगद प्रदान गरिएको छ । त्यसैगरि द्वितीय नीरू महर्जन र उनकी छोरी अञ्जु डंगोल रहेका छन् भने तृतीय हुनेमा सपना शिलाकार र उनका छोरा सौगात शिलाकार रहेका छन् । मह जोडीको प्रमुख आतिथ्यतामा आयोजित उक्त पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो । उक्त कार्यक्रमा मह जोडीको म यानकि मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा प्रतिकुल असर परेकोले उनले उपस्थिति जनाउँन सकेका थिएनन् । कार्यक्रममा महको ह यानकि हरिबंश आचार्य उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका थिए । त्यस्तै सो समारोहमा स्थानीय समाजसेवी ...
नेपाल स्वयंवेवी रक्तदता समाज र तरुण दलको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वयंवेवी रक्तदता समाज र तरुण दलको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, बागमती प्रदेश, समाज
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ७, हाईभिजन कोलोनीस्थितमा तरूण दलको सहयोगमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ९ जना महिलासहित १०२ जनाले स्वयंसेवी तवरले रक्तदान गरे। आकस्मिक आयोजित सो विशेष रक्तदान कार्यक्रममा अध्यक्ष कर्माचार्यलाई खादा ओढाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले मायाको चिनो प्रदान गरे । साथै सोहि स्थानमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रम...
बेथानचोक जेसीजद्वारा वक्तृत्वकता कार्यक्रम आयोजना

बेथानचोक जेसीजद्वारा वक्तृत्वकता कार्यक्रम आयोजना

बागमती प्रदेश, समाज
काठमाडौं । बेथानचोक जेसीज, हातेमालो युवा समाज, पार्वती एलुम्नाई एशोसियशन र बेथानचोक क्षेत्र सरोकार समाजको संयुक्त आयोजनामा भर्चुवल माध्यमबाट वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बिष्मिता तिमल्सिना प्रथम, उपा शंकर द्वितिय, सुरक्षा अधिकारी तृतीय भएका छन् भने कमल नेपालले सान्त्वना पुरस्कार पाएका छन् । ‘बेथानचोक क्षेत्रमा पर्यटकीय सम्भावना, पर्यटन विकास र प्रवर्द्धनमा युवाको भूमिका’ शीर्षकमा वक्तृत्वकला कार्यक्रम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईले उपस्थिति जनाउनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिको रुपमा नेपाल जेसीज बर्ष २०२१ का डाईनामिक लिडर जेसीआई सिनेटर अरुणेश्वर खनाल, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले उपथिति जनाएका थिए भने आति...
कुन दिन कुन देवी देवताको पुजा गर्ने ? कतै तपाई भ्रममा त हुनुहुन्न ? हेर्नुहोस् सम्पूर्ण जानकारी

कुन दिन कुन देवी देवताको पुजा गर्ने ? कतै तपाई भ्रममा त हुनुहुन्न ? हेर्नुहोस् सम्पूर्ण जानकारी

समाज
काठमाडौं । हिन्दु धर्ममा, साताको हरेक बारलाई देवी(देवताको बार भनेर मानिन्छ । विशेष गरी व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले साताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। १. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाएमा शुभ मानिन्छ। २. सोमबार सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। यस दिन व्रत बस्दा एक(छाक मा...
२०७८ असार २ गते बुधबार तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस्

२०७८ असार २ गते बुधबार तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस्

समाज
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ । वृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला । भूमि र पशुधनबाट लाभ मिल्नेछ । मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै ...
ट्राफिक नियममा कडाइ गर्ने तयारी, कस्ता नियम लागु हुँदैछन् त ? हेर्नुहोस् नत्र कारबाहीमा पर्नुहोला

ट्राफिक नियममा कडाइ गर्ने तयारी, कस्ता नियम लागु हुँदैछन् त ? हेर्नुहोस् नत्र कारबाहीमा पर्नुहोला

उपभोक्ता, प्रमुख समाचार, समाज
काठमाडौं । सडकमा ट्राफिक नियम पालन गराउन सरकारले नियम कडा बनाउने तयारी थालेको छ । यातायात व्यवस्था विभागले ‘प्रत्येक नागरिक ट्राफिक प्रहरी’ कार्यक्रम अन्तर्गत सडकलाई तीनवटा जोनमा विभाजन गरेर नयाँ नियम लागु गराउन गृहकार्य थालेको हो । रातो, पहेँलो, हरियो गरी ट्राफिक बत्तीकै रङमा तीन जोनमा विभाजन गर्न लागेको हो। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मुख्य सडकलाइ रातो र त्यस बाहिरको लेनलाइ पहेँलो र सडक अनुसार हरियो जोनमा वर्गीकरण मापदण्डसहितको हुनेछ। सडक जोन छुट्याउनका लागि लागि छुट्टाछुट्टै मापदण्ड हुनेछ। रेड जोनमा गाडी रोक्नै पाइदैन। पहेँलोमा रोक्न पाइन्छ, रोकेर साथीहरुसँग गफ गर्न त पाइयो तर झर्न पाइँदैन। ग्रीनमा तोकिएको समयसम्म पार्किङ नै गर्न पाइन्छ । यसबाट ट्राफिक सुधार आउने अपेक्षा गरिएको छ । कसैले वर्गीकरण गरिएको क्षेत्र पालना नगरे जो कोहीले उजुरी गरिदिन सक्नेछन्। यसका लाग...
आजको राशिफल, हेर्नुहोस् तपाईको भाग्य कस्तो छ ?

आजको राशिफल, हेर्नुहोस् तपाईको भाग्य कस्तो छ ?

समाज
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ। वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ। आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। कर्कट ( हि, हु, हे, हो, डा, डि, डु,...
आजको राशिफल, हुर्नुहोस् तपाईको भाग्य कस्तो ?

आजको राशिफल, हुर्नुहोस् तपाईको भाग्य कस्तो ?

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो अवसरले पछ्याए पनि केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। अरूका लागि जुट्दैमा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। स्वास्थ्यका लागि खानपान...