Sunday, April 28Nepal News Portal
Shadow

नयाँ प्रविधि र बीउ किसानसम्म पुर्‍याउन मन्त्री डा. भुसालको जोड


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले शुक्रबार ललितपुरमा आयोजना गरेको २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भुसाले १ लाख ३० हजार हेक्टर जमिन बाँझो भएको भन्दै अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई बढाउनु पर्ने बताएका हुन् ।

उनले बाँझो जमिन उत्पादनका लागि यसपटक मन्त्रालयले केही बजेट छुट्टाएको जानकारी दिए । राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको उनले बताए । त्यस्तै मन्त्री भुसालले कृषि सामग्री संस्थानका ४१ डिपोसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यसवर्ष मलको अभाव नहुने स्पष्ट पारे ।

Total Page Visits: 145 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्