Monday, April 29Nepal News Portal
Shadow

बससेवा १०औं वर्षमा, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने


काठमाडौं । नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ।

बससेवा टुर्स एण्ड ट्राभल्स अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा १०औं वर्षमा प्रवेश गरेको हो।

यो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको छ। साथै, भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।

हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवामार्फत टिकट काटी यात्रा गर्दै आएका छन्। यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानी काठमाडौंको ढुंगेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ।

सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानीलगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिन्छ। जसले गर्दा यात्रुहरूलाई सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

अनौपचारिक क्षेत्र मानिएको र प्रविधिको प्रयोग शून्य रहेको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन बससेवाले लामै कसरत गर्नुपरे पनि हाल बस सेवाप्रति आम यातायात व्यवसायी र यात्री आकर्षित हुँदै गएका छन्।

यसैबीच, बससेवाले १०औं वर्ष प्रवेशका अवसरमा १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ। हरेक दिन गोलाप्रथामार्फत् १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ।

विजेताको नाम बससेवाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले बताइएको छ।

Total Page Visits: 108 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्