Wednesday, May 15Nepal News Portal
Shadow

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या साढे ९ लाख नाघ्यो


काठमाडौं, २ असोज (सस) । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ५० हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच हजार ४३८ जनाको मृत्यु भएको हो।

सबैभन्दा बढि अमेरिकामा मृत्यु भएको छ । हालसम्म अमेरिकामा २ लाख २ हजार २१३ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड २० लाख १९ हजार ४२६ जना संक्रमणमुक्त भएका छन्। संक्रमितको संख्या तीन करोड तीन लाख ३३ हजार ९०८ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ६२४ जना संक्रमित थपिएका हुन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७३ लाख ६४ हजार ३४३ छ।

 

Total Page Visits: 669 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्