Wednesday, May 15Nepal News Portal
Shadow

विश्‍वमा दुई लाख ९० हजार कोरोना संक्रमित थपिए


काठमाडौं, ४ असोज (सस) । विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ९० हजार ३७४ जना कोरोना संक्रमित थपिएका छन्। वर्ल्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वमा ३ करोड ९ लाख ७५ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

संक्रमितमध्ये ९ लाख ६० हजार ८६३ जनाको मृत्यु भएको छ। त्यस्‍तै दुई करोड २५ लाख ७६ हजार ८३० जना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा अमेरिकामा ४२ हजार ५२५ संक्रमित थपिएका छन् भने ६५७ जनाको मृत्यु भएको छ।

भारतमा सबैभन्दा बढी ९२ हजार ७५५ जनामा संक्रमण पुष्‍टि भएको छ। त्यहाँ थप एक हजार १४९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा २४ घण्टामा ३० हजार ९१३ जना संक्रमित थपिनुका साथै ७०८ जनाको मृत्यु भएको छ।

Total Page Visits: 695 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्