Wednesday, January 15Nepal News Portal
Shadow

आर्सनलको विजयी यात्रा जारी


काठमाडौं, ४ असोज (सस) । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा जारी राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको दोस्रो खेलमा मिकेल आर्तेताको आर्सनलले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि २५ औँ  मिनेटमा एलेक्सान्डर लाकाजेटी तथा ८५ औँ मिनेटमा एडी एनखेटियाले गोल गरे । वेष्ट ह्यामका लागि ४५ औँ मिनेटमा मिकेल एन्टोनियोले एक गोल फर्काएका हुन् ।

लगातार दोस्रो जितपछि ६ अंकसहित आर्सनल दोस्रो स्थानमा छ । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा लीड्स युनाइटेडले फुलह्यामलाई ४–३ ले पराजित गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्