काठमाडौं, (ससं) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु हुने भएको त्रिविका शिक्षाध्यक्ष प्राडा. पेशल दाहालले जानकारी दिएका छन् । उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थिति गरेर कक्षा सञ्चालन गर्न थालिएको बताएका हुन् । कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उहाँका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन शुरु गरिसकेका छन् ।
त्रिविमा फागुन अन्तिम सातादेखि भौतिक उपस्थितिमा पढाइ शुरु हुने
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
आज कुन विदेशी मुद्राको मूल्य कति?
by Udhyog News
काठमाडौं । आज भदौ २१ गते शनिबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने ...
पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी
by Udhyog News
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड ...
शेयर बजार दाेहाेराे अंकले गिरावट
by Udhyog News
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १२.१० अंकले घटेर ...
सुनको मूल्य स्थिर
by Udhyog News
काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहिबार पनि सुनको मूल्य स्थिर रहेको छ ।
लगातार चार दीनसम्म सुनको मू...
सहकारीमा १५ वर्षदेखि समस्या छ, सजिलै समाधान हुँदैनः मन्त्री अधिकारी
by Udhyog News
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या अहिलेका नभएर १२/१५ वर्ष...
९० अंकले घटेको बजारमा करिब १३ अर्बको कारोबार
by Udhyog News
काठमाडौं । आज शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ९०.७३ अंकले घटेर २,७३९ को विन्दुमा कायम भ...