Sunday, May 19Nepal News Portal
Shadow

६ वर्षीय बच्चाले कमाइन् ५५ करोड ! तर कसरी ? पढ्नुहोस्


काठमाडौं, (ससं) । हामीलाई अचम्म लाग्न सक्छ की यस्तो हुन्छ भनेर । तर यो साँचो हो , जहाँ ६ वर्षको उमेरमा नै एक बच्चाले ५५ करोड रुपैयाँ कमाएर बाबुआमाको नाममा ५ वटा महलहरु खडा गराएकी छिन् ।

६ वर्षकी ती बच्चीको नाम हो बोरम । जुन दक्षिण कोरीयामा रहन्छिन् । बोरमको दुईवटा युट्यूब च्यानल रहेको छ । जसको माध्यमबाट उनले ६ वर्षको उमेरमा नै ५५ करोड रुपैयाँ कमाउन सफल भएकी छिन् । ती बच्चीलाई दक्षिण कोरीयाकी यूट्यूब स्टारको रुपमा समेत चिन्न थालिएको छ । यूट्यूबमा बोरमको पहिलो ‘टोय रिव्यू’ र दोस्रो ‘विडियो ब्लग’ च्यानल मध्ये ‘टोय रिभ्य’मा उसको सब्सक्राइबर १३.६ मिलियन र ‘भिडियो ब्लग’को सब्सक्राइबर १७.६ मिलियन रहेको छ ।

सीएनएनको रिपोर्ट अनुसार बोरमले आफ्नो यूट्यूब च्यानलको माध्यमबाट ५५ करोड ८ लाख ८० हजार रुपैयाँ कमाएकी छिन् । हाल बोरमले दक्षिणी कोरियाको राजधानी सियोलमा पाँच महल खरिद गरेकी छिन् । युटुबबाट कमाएको सबै सम्पत्ति घर खरीदमा नै सकिएको छ । सियोलको शहरको मुख्य बजारको इलाकामा २५८।३ वर्ग मीटरमा बनेको महललाई गत अप्रिलमा खरिद गरिएको थियो । ‘द कोरिया हेराल्ड’ का अनुसार यो महल बोरमको परिवारका लागि खरिद गरिएको थियो । बोरमको यूट्यूब च्यानलको सञ्चालन उनको परिवारले गर्ने गरेका छन् ।

बोरमको सबैभन्दा चर्चित भिडियोलाई ३७६ मिलियन भन्दा धेरैले हेरेका छन् । जसमा उनी प्लास्टिकको भोजनको उपयोग गरेर चाउचाउ बनाइरहेको देख्न सकिन्छ ।

Total Page Visits: 630 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्