एजेन्सी । पाकिस्तानको लाहौरमा प्रहरीले आफुहरुलाई निशुल्क बर्गर नदिएको रिसमा ९ जना प्रहरीले एउटा रेष्टुरेण्टका १९ जना कर्मचारीलाई ७ घण्टा हिरासतमा राखेका छन् । लाहौर शहरमा गत साता यो घटना भएको थियो । प्रहरी अधिकारीहरुले निशुल्क बर्गर मागेका थिए । तर रेष्टुरेण्टले निशुल्क बर्गर उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि यही आरोपमा एक रेस्टुरेन्टका १९ जना कर्मचारीलाई हिरासत राखियो।
शनिवार जोनी एण्ड जुगनु नामको रेस्टुरेन्टका सबै कर्मचारी माथि यस्तो घटना भएको हो । यो रेस्टुरेन्टको पाकिस्तानमा थुप्रै शाखा छन्। सञ्चालकले विज्ञप्ती जारी गर्दै घटनाबारे सार्वजनिक गरेको हो । रेष्टुरेण्टले यस्तो घटना पहिलो पटक भएको पनि जनाएको छ।
१९ जना कर्मचारीलाई ७ घण्टा हिरासतमा राखिएको विज्ञप्तीमा जनाइएको छ । बीबीसी हिन्दीका अनुसार घटनामा संलग्न नौ जना प्रहरी कर्मचारी निलम्बित भएका छन्।