काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् ।