Monday, May 20Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलाको १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 115 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्