Tuesday, May 14Nepal News Portal
Shadow

प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज विरोध प्रदर्शन गर्ने


काठमाडौं, पुस १४ (ससं) । नेपाल कम्युनिस्ट पार्टी असन्तुष्ट दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मङ्‍गलबार देशव्यापी विरोध प्रदर्शन गर्दै छ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिएका छन्।

नेकपाले काठमाडौंको भृकुटीमण्डमा मध्याह्न १२ बजे सभा गर्ने जनाएको छ। सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ। टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्‍घर्ष समितिले जनाएको छ।

 

Total Page Visits: 551 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्