Monday, May 20Nepal News Portal
Shadow

प्रधानमन्त्री ओलीले आज बालबालिकासँग कुरा गर्ने


काठमाडौं, पुस १७ (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालबालिकाहरूसँग कुराकानी गर्ने भएका छन्। उनले आज बालुवाटारमा दिउँसो ४ बजे बालबालिकाहरूसँग कुराकानी गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षको दिनमा बालबालिकाहरूसँग कुराकानी गर्दै आएका छन्। नयाँ वर्षको दिन बालबालिकाहरूसँगको कुराकानीलाई निरन्तरता दिएको यो तेस्रो वर्ष हो।

यसअघि उनले नयाँ वर्षको दिन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बालबालिकाहरूसँग कुराकानी गर्दै आएका थिए।

यसपटक भने कोरोना महामारीको कारण कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको जनाइएको छ।

Total Page Visits: 538 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्