Sunday, May 19Nepal News Portal
Shadow

२४ घण्टामा थप ४०९ जनामा कोरोना पुष्टि


काठमाडौं, पुस २२ (ससं) । पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्य १४४ जना महिला र २६५ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

 

त्यसैगरी २४ घण्टामा ४९५ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ ।

यस्तै काठमाडौं उपत्यकामा २३३ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ७२ महिला र १६१ जना पुरुष रहेका छन् ।

Total Page Visits: 372 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्