Thursday, May 16Nepal News Portal
Shadow

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा पुगे


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मध्यान्ह ११:५० बजे आयोग पुगेका हुन्।

सरकारले वैशाखमा घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग आउन लागेको हुन सक्ने स्रोतको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। ओली र प्रचण्ड-नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।
यसअघि आयोगले कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको थिएन।
ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली आयोग जान लागेको बताए।

Total Page Visits: 441 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्