Sunday, May 19Nepal News Portal
Shadow

बलात्कारीहरुलाई कुनै पनि हालतमा नछाड्ने प्रधानमन्त्रीको दाबी


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरुलाई आफ्नो सरकारले पानीमुनिबाट पनि खोजेर पत्ता लगाउने दाबी गरेका छन्। बुटवलमा आयोजित सभामा उनले बलात्कार र हत्यामा संलग्नहरुलाई केपी ओली सरकारले कुनै पनि हालतमा नछोड्ने दाबी गरेका हुन् ।

उनले प्रचण्ड नेपाल समूह आफूबिरुद्ध गाली पुराणमा ओर्लिएको उल्लेख गर्दै उनीहरुले सत्ता हत्याउनमात्र चाहेको दाबी गरेका छन् ।

उनले कोभिड भ्याक्सिनलगायत कोरोना रोकथाममा उल्लेख्य काम गरेको दाबी पनि बुटवलमा आयोजित सभामा गरे।
उनले आफू नेतृत्वको पार्टीले ५० लाख समानुपातिक मत ल्याउने दाबी पनि गरेका छन्।

Total Page Visits: 583 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्