Sunday, May 19Nepal News Portal
Shadow

‘अनौठो नमान्नुहोला मेरो ज्यान तलमाथि भइहाल्यो भने’ : प्रधानमन्त्री ओली


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कुनै शारीरिक हमला हुन सक्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आज (सोमबार) पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा आफूमाथि प्रहार केन्द्रीत रहेको सुनाएका हुन् ।
यसो हुनुमा सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ । तर यस्तो हुन नदिने उनले बताएका छन् । ‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं। म रहिनँ भने पनि पार्टी र आन्दोलन छ। घुँडा टेक्न हुन्न। देश बनाउने र पार्टी अन्धकारमा पुर्‍याउन हुन्न,’ उनले भने।
सरकारले विकास निर्माणका काम गरिरहेकोले आफूमाथि प्रहार केन्द्रीत रहेको ओलीको दाबी थियो।

Total Page Visits: 592 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्