Monday, May 20Nepal News Portal
Shadow

आमा बन्दै गायिका श्रेया घोषाल


काठमाडौं, (ससं) । बलिउडकी ‘भर्सटायल’गायिका श्रेया घोषालले आफू आमा बन्न लागेको जानकारी दिएकी छिन्। घोषालले सामाजिक सञ्जालमा आफू गर्भवती रहेको जानकारी दिएकी हुन्।
उनले गर्भावस्थाको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘श्रेया र आदित्यको सन्तान आउने क्रममा छ। हामी यो खबर तपाईँहरुसँग साझा गर्न पाउँदा एकदमै हर्षित, छौँ। जीवनको नयाँ अध्यायको तयारी गरिरहेका हामीलाई तपाईँहरुको माया र आर्शिवादको खाँचो छ।’

चर्चित गायिका श्रेयाले व्यवसायी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी थिइन्। ३६ वर्षकी गायिका पहिलोपटक आमा बन्न लागेकी हुन् ।

Total Page Visits: 876 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्