Monday, May 20Nepal News Portal
Shadow

अनुहारमा कालो दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् कालो दाग हटाउने घरेलु उपाय


काठमाडौं, (ससं) । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ । यस्तो बेलामा अनुहारमा कालो दाग आउछ । यस्तो समस्याले हामी सबैलाई सताउने गर्दछ ।
कतिपयले अनुहारको कालो दाग हटाउनका लागि धेरै किसीमका क्रिम प्रयोग गरेका हुन्छन् । तर त्यसरी क्रिम प्रयोग गर्दा तपाईको छालालाई सुहाउँदो नहुन सक्छ । त्यतिमात्रै होईन कहिलेकाहिँ छाला बिगार्न र थप क्षति पुर्‍याउन सक्छ । यसको ठाउँमा हरिया पहेँला ताजा फलफूल, सागपात तरकारी दुधदशी मोही सुप सेवन गर्नुहोस् । साथै यहाँ केहि घरलेु विधी पनि दिइएको छ ।यस्तो अवस्थामा यस्ता घरेलु उपाए अपनाउन सकिन्छ :

१.दही :दहीमा लैक्टिक एसिडको मात्रा भएकाले कालो दाग भएको स्थानमा लगाउनाले दागलाई हटाउन मद्दत गर्छ । सुर्यको किरण र घामका कारण अनुहारमा पर्ने असरलाई दहीको नियमित प्रयोगले दागलाई हटाउन सकिन्छ । दहिलाई कचौरामा राखि औलाको सहाराले मथ्नुहोस् र अनुहारमा लगाएर २० मिनेटमा सफा गर्नुहोस् । यो प्रक्रिया हप्ताको १ वा २ पटक गर्नुहोस् ।

२ बेसार : बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ । यसको पेस्ट लगाएपछि चर्को घाममा नबस्नुहोस् ।

३ जौका पिठो : दुई चम्चा जौ को पिठोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा नियमित लगाउने गर्नुहोस्।

४ काँचो दूध : काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्दा पनि धेरै फाईदा हुन्छ ।

५कागती : भान्सामा भइरहने बहुगुणी कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्दापनि अनुहारमा चमक बढी कालो दागहरु क्रमिक रुपमा हट्दै जान्छ ।

६चन्दनको पाउडर : चन्दन परापूर्व कालदेखि औषधीको रुपमा प्रयोग हुँदै आएको हामीले शास्त्रमा समेत पढेका छौँ । यसले छालालाई एन्टीसेप्टिक औषधिय गुण प्रदान गर्छ । कालो दाग रहेको स्थानमा चन्दनको पाउडरमा गुलाब जल र कागती रस मिसाएर पेस्ट बनाएर लगाउने गर्नाले पनि निकै फाइद हुन्छ ।

७. घ्युकुमारी : घ्यूकुमारी रएलोभेरामा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ। तर यो लगाएर चर्को घाममा नबस्नुहोस् ।

८ बदाम : बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन्।

९ आलु : हरेकको घरमा पाईने तरकारीमध्ये एक हो, आलु । आलुले छालालाई निकै फाईदा गर्छ । यसलाई स्लाइस पारी काट्ने। यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ। अथवा आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ।

१० सुन्तलाको बोक्रा : सुन्तलाको बोक्रा घाममा सुकाएर मिक्स्चरमा पिँधी त्यसको लेप लगाउँदा पनि फाईदा पुग्छ ।

११ प्याज : प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ। साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ।

Total Page Visits: 1500 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्