Monday, May 20Nepal News Portal
Shadow

घुस लिएको आरोपमा वन रक्षक पक्राउ


 

काठमाडौँ, १ कार्तिक (ससं) । सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीबाट पक्राउ परेका हुन् ।

सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर पछि थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 659 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्