Thursday, May 16Nepal News Portal
Shadow

प्रभु सेलेक्ट फण्डको इकाई ८२ हजारले पाए


काठमाडौं । प्रभु सेलेक्ट फण्डको इकाई ८२ हजार १ सय ५२ जना आवेदकले प्राप्त गरेका छन् । उक्त फण्डको इकाईका लागि ८५ हजार ५ सय ५५ जनाले आवेदन दिएका थिए । इकाई शुक्रबार बाँडफाँड गरिएको हो । न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई माग अनुसार कै इकाईहरु बाँडफाँड गरिएको छ ।

१० लाख इकाईमाथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको छ । जेष्ठ ५ गतेदेखि ९ गते सम्म सार्वजनिक निष्कासन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्कासन गरिएकोमा निष्कासनको करिब २ गुणासम्म आवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात रु. १ अर्ब २५ करोडको भएको छ ।

सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु. १७ करोड ५० लाख बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड २५ लाख वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।

Total Page Visits: 448 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्