Sunday, May 12Nepal News Portal
Shadow

हामीलाई हाई किन आउँछ ? थाहाँ पाउनुहोस् यसको तथ्य


काठमाडौं । हामी धेरैको विश्वास के छ भने कुनै मानिसले गरिरहेको काम वा कुराले हामीलाई निकै विरक्त पारेको छ भने, निन्द्रा लागेको बेलामा हामी हाई काढ्छौँ । तर, यो कुराको कसैले पनि वैज्ञानिक रूपमा पुष्टी गर्न सकेका छैनन् ।

वैज्ञानिकहरूका अनुसार हाइ काढ्नु यस्तो प्रक्रिया हो, जसले हाम्रो रगतमा अक्सिजन र कार्वनडाइ अक्साइडको मात्राको नियन्त्रण गर्ने काम गर्दछ । यो स्पाइनल कर्ड र स्नायु केन्द्रहरूले नियन्त्रण गर्ने थुप्रै कार्यहरूमध्ये एक हो । वैज्ञानिकहरूका अनुसार निकै थकान भएको बेला वा विरक्तिएको समयमा हामी निकै कम मात्रामा अक्सिजन शरीरभित्र छिर्ने गरि सास फेरिरहेका हुन्छौँ । यस्तो बेला रगतमा अक्सिजनको मात्रामा कमि आउने हुँदा हाइ काढ्नु आवश्यक हुन्छ । हामिले हाइ काढ्दा अक्सिजन धेरै मात्रामा हाम्रो फोक्सोमा पुग्छ र यसले हाम्रो मुटुको धड्कनलाई पनि बढाइदिन्छ । त्यसैले हाम्रो मस्तिष्कका स्नायुहरूमा अक्सिजनको मात्रा बढ्छ र हामिलाई केहिमात्रामा जागृत हुन मद्दत गर्छ ।

त्यसैले तपाई बोलिरहनु भएको समयमा कुनै व्याक्तिले हाइ काढ्यो भन्दैमा ऊ तपाईको बोलिको कारण झ्याउ मानिरहेको निष्कर्षमा पुगिहाल्न पर्दैन । उसको हाइ काढ्नुको कारण उसको रगतमा अक्सिजन र कार्वनडाइअक्साइडको मात्रामा भएको अनियमितता मात्रै हो ।

Total Page Visits: 1004 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्