Tuesday, May 14Nepal News Portal
Shadow

एलपी ग्यास खपत बढाउन सवारी साधनलाई प्राथमिकता दिन माग



काठमाडौं । ग्यास उद्योगीहरुले एल.पी ग्यासलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । पछिल्लो समय ऊर्जाले एल.पी ग्यासलाई विस्तापन गर्न थालेको भन्दै सरकारलाई व्यवसायीहरुले ध्यानाकर्षण गराएका हुन् । नेपाल एल.पी ग्यास उद्योग संघको २६औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै अधिकांस ग्याँस उद्योगीहरुले सरकारको ग्याँसलाई विस्तापन गर्ने नीतिले राज्यलाई फाइदा नहुँने बताएका हुन् । कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकुल भण्डारीले विद्युतलाई उत्पादनका क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताए । ग्यासलाई खाना पकाउँनलाई मात्र थाति राख्ने नीतिले उद्योगहरु घाटा व्यहोर्न बाध्य रहेको उनले बताए । ग्याँसबाट चल्ने सवारी साधनलाई विस्तार गरेर ग्यास खपट बढाउनु पर्ने उनको भनाई छ ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँडले ग्यसमा लगानी गर्ने उद्योगीहरूले जलस्रोतमा पनि लगानी गर्न सुझाव दिए । ग्यास र पेट्रोलियम पदार्थ विस्थापित भईहाल्ने अवस्था नरहे पनि भविस्यमा विद्युतीय उत्पादन र खपत बढाउँनु पर्ने भएकोले त्यस तर्फ ध्यान दिन पनि व्यसायीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै उद्योग सचिव अर्जुन प्रसाद पोखरेलले व्यवसायीले राष्ट्रिय हितमा उठाएका कुरामा सरकारले सम्बोधन गर्ने बताए । ग्यास उद्योगलाई दिगो बनाउँन सरकार तदरूक रहेको उनको भनाइ छ । अहिले ग्यास उद्योगको वरिपरी बस्ति बसेकोले त्यसलाई व्यवस्थित कसरी गर्ने सोच्न आवश्यक रहेको सचिव पोखरेलले बताए ।

 

Total Page Visits: 906 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्