Monday, May 20Nepal News Portal
Shadow

१०४.८८ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्बको कारोबार


काठमाडौं । नेपाल स्टक एक्सेञ्ज नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन बुधबार २ हजार ८१६ विन्दूमा पुगेर वन्द भएको छ । नेप्से परिसूचक आज १०४.८८ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेर बन्द भएको छ ।

आज २१७ ओटा कम्पनीको १ करोड २१ लाख २२ हजार कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँमा खरिद विक्री भएको हो ।
आज १३ ओटा समूहमध्ये १३ ओटै समूहको परिसूचक बढेको छ ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर डेभ्लप्मेन्ट कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आज २३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो ।

Total Page Visits: 454 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्