Monday, May 20Nepal News Portal
Shadow

चन्द्रागिरी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ


काठमाडौं । चन्द्रागिरी नगर उद्योग वाणिज्य संघको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।अधिवेशनमा कृष्ण भक्त श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति गठन गरेको छ । जसमा राजेन्द्र विक्रम बाँनिया निवर्तमान अध्यक्ष, उपाध्यक्षमा सुनील रिजाल र विष्णु शाही रहेका छन् भने महासचिवमा घनश्याम लुइँटेल चयन भएका छन् ।

त्यस्तै, सचिवमा रमेश कार्की, गितादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सह(कोषाध्यक्षमा अनिल कुमार बराल रहेको जनाइएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।

Total Page Visits: 688 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्